नायिका ऋचा शर्माको व्यवसाय ‘पांग्रा एक्सप्रेस’

नायिका ऋचा शर्माको व्यवसाय ‘पांग्रा एक्सप्रेस’

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री तथा मोडल ऋचा शर्मा अब कलाकारिता मात्र नभएर व्यवसायमा समेत आवद्ध भएकी छन् । शर्माले दरबारमार्गस्थित शेर्पा मलमा ‘पांग्रा एक्सप्रेस’ नामक फुडसप सञ्चालनमा ल्याएकी छिन् ।

पांग्रा फुडसप केही समय अघि सञ्चालनमा आए पनि नयाँ वर्षको अवसर पारेर पांग्रा एक्सप्रेसलाई औपचारिक रुप दिईएको हो । खाजाका मिठामिठा परिकार पाइने उक्त फुडसप बिहान ११ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने गर्दछ । शर्मा र उनको बिजनेश पार्टनरहरु मिलेर उक्त व्यवसाय सुरु गरेका हुन् ।

उनले काठमाडौंको अन्य ठाँउमा पनि छिट्टै पांग्रा एक्सप्रेस फुडसपको शाखाहरु सञ्चनलनमा ल्याउने जानकारी दिईन् ।

Skip This
Skip This
Logo