फरक क्षमता भएका गायक तथा चित्रकार अमिर बोम्जनको प्रतिभालाई उजागर गरिने भएको छ। उत्तरी मकवानपुरको थाहा नगरपालिकास्थित थाहा कला केन्द्रले गायक अमिरको प्रतिभाको कदर गर्दै ‘अमिर बोम्जन परिचयात्मक अभियान २०७६’ संचालन गर्न लागेको हो।
हालै आफ्नो बार्षिक कार्ययोजना सार्वजनिक गर्दै केन्द्रले अमिरको प्रतिभालाई राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमै प्रबर्द्धन गर्ने जनाएको हो। “अमिर सबैको प्रेरणाको स्रोत हो तसर्थ हामीले उनको सम्मान र प्रोत्साहनका लागि अभियान घोषणा गरेका हौ।” थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले भने । उनले अब विद्यार्थिहरुले नियमित प्रयोग गर्ने अभ्यास पुस्तिकामा समेत गायक अमिरको प्रेरणादायक तस्विरहरु समाविष्ट गरि प्रकाशन गर्ने र त्यसलाई सामाजिकिकरण गर्दै सम्पूर्ण विद्यार्थिहरुको हात हातमा पुर्याउने लक्ष्य रहेको बताए।
अमिरको बारेमा केन्द्रबिन्दुले केही समय अघि तयार पारेको भिडियो रिपोर्ट





























प्रतिक्रिया