(मन्दिरा खत्री)
यो वर्ष लगभग ९६ वटा चलचित्रहरु प्रदर्शनमा आए । तर, मुश्किलले आधा दर्जन चलचित्रहरु मात्र व्यवसायिक रुपमा सफल भए । एकाध बाहेक अधिकांश चलचित्रहरुले त आफ्नो लगानी समेत सुरक्षित गर्न सकेनन् । नेपाली चलचित्रको अवस्था दिनानुदिन कमजोर हुँदै गएको छ ।
अझ भन्नु पर्दा चलचित्र भन्दा पनि चलचित्रमा समाबेश गीतहरुले बढी लोकप्रियता पाएका छन् । अहिलेको ट्रेन्ड कुनै चलचित्र हिट होस् या नहोस् तर त्यस चलचित्रमा समावेश एउटा गीत भने हिट हुन्ने गरेको छ । साथै गीत संगीतलाई चलचित्र ‘प्रचारप्रसार’ गर्ने गतिलो हतियारको रुपमा समेत लिदै आईएको छ । आजको हाम्रो रिर्पोट वर्ष २०७५ मा नेपाली चलचित्रका कुन कुन गीत बढी हिट भए भन्ने विषयमा केन्द्रित छ ।
१) उडायो हावाले
चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ दशैंको छेको पारेर असोज ५ गते प्रदर्शनमा आएको थियो । व्यवसायिक रुपमा यो चलचित्र त्यति हिट नभए पनि चलचित्रमा समाबेस गीत ‘उडायो हावाले’ भने दशर्क माझ निकै लोकपिंय छ । उक्त गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ भने हर्कुलस र निकिता थापाको स्वर रहेको छ । यो गीतलाई युटुयुवमा करिब १ करोड ५४ लाखले हेरिसकेका छन् । यसै चलचित्रबाट नवनायक धिरज मगरले डेब्यु गरेका हुन् । साथै चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ धिरज मगर र नायिका साम्राज्ञी राज्य लक्ष्मीले रोमान्स गरेका छन् ।
२) पहिलो नम्बरमा
‘पहिलो नम्बरमा’ बोलको गीत पनि यो वर्षको सार्वाधिक हिट गीतमा पर्दछ । यो गीतलाई युटुयुवमा लगभग ३ करोड ५६ लाख पटक हेरिएको छ । उक्त गीत निर्देशक तथा नायिका दिपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ मा समावेश छ । दिपा निर्देशित चलचित्र ‘छक्का पञ्जा १’, ‘छक्का पञ्जा २’ को ट्रेन्डलाई पछ्याउदै ‘छक्का पञ्जा ३’ पनि बक्स अफिसमा निकै हिट भयो । ‘छक्का पञ्जा ३’ असोज २४ गते प्रदर्शनमा आएको थियो ।
३) लै लै
नि: सन्तान दम्पतीको कथामा निर्माण गरिएको चलचित्र हो ‘प्रसाद’ । यो चलचित्रमा समावेश ‘लै लै’ बोलको लिरिकल गीतलाई दर्शकहरुले निकै रुचाए । उक्त गीत युटुयुवमा १ करोड ३० लाख पटक हेरिएको छ । केतन क्षेत्रीले गाएको गीतमा गणेश शाहीको शब्द रहेको छ भने सुवाष भुषालले संगीत भरेका छन् । प्रसादमा नम्रता श्रेष्ठ र विपिन कार्की मुख्य भूमिकामा छन् । यो चलचित्र मसिंर २१ गते प्रदर्शनमा आएको थियो । साथै प्रसादमा निश्चल बस्नेत भने पहिलो पटक खलनायकको भूमिकामा प्रस्तुत भएका छन् ।
४) गोजीमा दाम छैन
मल्टिस्टार चलचित्र ‘चङ्गा चेटमा’ समावेश गीत ‘गोजीमा दाम छैन’ पनि यो वर्षको सार्वाधिक हिट गीत हो । जसलाई युटुयुवमा ४ करोड १५ लाख पटक हेरिएको छ । साथै यो गीत म्युजिक्ली टिकटकमा पनि हिट भयो । राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीले गाएको यस गीतमा राजनराज सिवाकोटीको संगित र हरिहर तिमिल्सिनाको शब्द रहेको छ । साथै चलचित्रमा प्रियंका कार्की, आयुषमान देशराज जोशी, सुरक्षा पन्त, पारामिता राज्य लक्ष्मी राणा, सन्दिप क्षेत्री, रविन्द्र झा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
५) दाईलाई कुरा लाईदिने
चलचित्र ‘सय कडा दश’ को गीत ‘दाईलाई कुरा लाईदिने’ पनि यो वर्ष सार्वाधिक लोकप्रिय भयो । उक्त गीतलाई यो सामाग्री तयार पर्दासम्म युटुयुवमा ४ करोड १७ लाख पटक हेरिएको छ । तृशला गुरुङ र सन्देश पाठकको स्वरमा सजिएको गीतमा विवाह समारोहको माहोललाई प्रस्तुत गरिएको छ । साथै दाईलाई कुरा लाईदिने बोलको गीत टिकटिक युजर्स माझ पनि निकै लोकप्रिय बनको छ ।
६) भिजिट भिसामा
‘भिजिट भिसामा’ बोलको गीत चलचित्र ‘दाल भात तरकारी’ मा समावेश छ । यो गीत चलचित्रको साथसाथै टिकटिकको भिडियोमा पनि निकै लोकप्रिय बनेको छ । भिजिट भिसामा बोलको गीतमा निशान भट्टराई र अञ्जु पन्तको स्वर, हरिवंश आचार्यको शब्द र शम्भुजित बास्कोटाको स)गीत रहेको छ । यो गीत युटुयुवमा १ करोड ५६ लाख पटक हेरिएको छ । दाल भात तरकारी मह सञ्चारको प्रस्तुतिमा निर्माण गरिएको हो । कमेडी जनाराम बनेको यस चलचित्र आँउदो बैशाख १३ गते देखि प्रदर्शनमा आउने भएको छ ।
७) फूल होइन काँडा
प्रताप दास र प्रबिशा अधिकारीको स्वरमा सजिएको गीत ‘फूल होइन काडा’ लाई पनि दर्शकहरुले निकै रुचाए । चलचित्र ‘रोज’ मा समाबेश यो गीत मा प्रदिप खड्का र मिरुना मगर फिर्चड छन् । यो गीतलाई करिब २ करोड ५८ लाख पटक हेरिएको छ । गीत हिट भएपनि यो चलचित्र भने व्यवसायिक रुपमा त्यति सफल हुन सकेन् ।
८) रहर छ सँगै
‘रहर छ सँगै’ बोलको गीत अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ मा समाबेश रहेको छ । उक्त गीत सुगम पोखरेल र अञ्जु पन्तको स्वरमा सजिएको छ । रोमान्टिक गीतमा अनमोल र उपासाना फिर्चड छन् जसलाई दर्शकहरुले निकै रुचाएका छन् । अन्य चलचित्रको तुलनामा क्याप्टेनले मध्यम व्यापार गर्यो । साथै क्याप्टेनमा अनमोल र उपासानासँगै प्रियंका एमभी, विल्शन विक्रम राई, सरोज खनाल, प्रशान्त ताम्राकार, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । उक्त गीत युटुयुवमा १ करोड ४३ लाख पटक हेरिएको छ ।
९) सिओडबलु काउ
चलचित्र ‘कोहलपुर एक्सप्रेस’ मा समाबेस हिट गीत हो ‘सिओडबलु काउ’ । राजनराज सिवाकोटी र मेलिना राईले गाएको गीतमा राजनराज सिवाकोटीकै शब्द तथा संगीत रहेको छ । केकी अधिकारी र रीमा विश्वकर्मा फिचर्ड गीतलाई युटुयुवमा १ करोड ४२ लाख पटक हेरिएको छ । कोहलपुर एक्सप्रेसमा केकी र रीमासँगै प्रियंका कार्की, रिचा शर्मा, बिनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतले अभिनय गरेका छन् ।
१०) उम्लियो भने पोखिन्छ
‘उम्लियो भने पोखिन्छ’ गीत चलचित्र ‘जय भोले’ को चर्चित गीत हो । यस गीतलाई राजनराज सिवाकोटी र मेलिना राईले गाएका हुन् । उक्त गीत युटुयुवमा १ करोड ५८ लाख पटक हेरिएको छ । कमेडी जनारामा निर्माण गरिएको यस चलचित्रलाई असोक शर्माले निर्देशन गरेका हुन् । जय भोले बक्स अफिसमा मध्यम व्यापार गरेको थियो । चलचित्रमा स्वस्तिमा खड्का, सौगात मल्ल र खगेन्द्र लामिछानेको मुख्य भूमिकामा छन् ।





























प्रतिक्रिया