जुन गीतले ३ दिनमै तोड्यो ‘गङनम स्टाइल’को कीर्तिमान (भिडियोसहित)

जुन गीतले ३ दिनमै तोड्यो ‘गङनम स्टाइल’को कीर्तिमान (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

दक्षिण कोरियाका गायिकाहरूको सांगीतिक समूह ‘ब्ल्याकपिंक’को नयाँ गीत ‘किल द लभ’ले नयाँ रेकर्ड चुमेको छ ।

अर्का कोरियन गायक पिएसवाईको विश्वचर्चित गीत ‘गङनम स्टाइल’को कीर्तिमानलाई ३ दिनमै तोडेका छन् । ‘किल द लभ’ले ३ दिनमा सो रेकर्ड भंग गरेको युट्युबले पुष्टि गरेको छ। यस गीतले सर्वाधिक छिटो सय मिलियन भ्यूज कटाउने गीतको कीर्तिमान बनाएको हो।

पिएसवाईको सो गीत सन् २०१२ मा रिलिज भएको थियो।

अप्रिल ४ मा रिलिज भएको गीतलाई हालसम्म १४४ मिलियन पटक हेरिसकिएको छ । यो गीत नेपालमा पनि निकै हेरिएको छ।  अहिले नेपालको ट्रेन्डिङ् १० मा रहेको छ।

Logo