मिस नेपाल आयोजकको स्पष्टिकरण, ‘कुनै पनि प्रतिस्पर्धीलाई होच्याईएको छैन्’

मिस नेपाल आयोजकको स्पष्टिकरण, ‘कुनै पनि प्रतिस्पर्धीलाई होच्याईएको छैन्’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शुक्रबार सामाजिक सञ्जालमा मिस नेपाल अडिसनको एउटा भिडियो निकै भाइरन भयो । काठमाडौं अडिसनको उक्त भिडियो भाइरल भएसँगै मिस नेपालकी निर्णायक रचना गुरुङ गाली तथा ट्रोलको शिकार भएकी छन् ।

उक्त भिडियोमा रचनालाई गालीको वर्षात भईरहँदा मिस नेपाल आयोजक संस्था ‘द हिडन ट्रेजर’ ले प्रेस विज्ञप्ति जारी गरि स्पष्टीकरण दिएको छ । भाइरल भिडियोमा निर्णायक मण्डलमा रहेकी रचनाले २२ वर्षीया प्रतियोगी अस्मिता मर्हजनलाई ‘तिमीले किन मेकअप नगरी आयौ ?’ भनि प्रश्न गरेकी थिइन् । उनले थप्दै ‘एकाईसौं शताब्दीमा आएर पनि मेकअप गर्न नआउने’ भन्दै अर्को प्रश्न र्तेसाएकी थिइन् ।

यसै विषयलाई लिएर सामाजिक सञ्जालमा अहिले ठुलै बहस भईरहेको छ । मेकअप नगरेको विषयलाई लिएर ‘द हिडन ट्रेजर’ ले स्पस्टिकरण दिएको हो । मिस नेपाल भनेको प्रतिस्प्रर्धीको लागि एउटा जाँच नै हो । जसमा प्रतिस्पर्धीको बौद्धिक क्षमता, आत्मविश्वास, बाहिरी सुन्दरता लगायतका हरेक कुराहरुको जाँच लिइने गरिन्छ ।

सार्वजनिक विज्ञप्तीमा प्रतिस्पर्धीहरुलाई होच्याउने, हानी पुर्याउने काम नगरेको समेत स्पस्ट पारिएको छ । साथै सार्वजनिक भिडियोको आधा भाग मात्र हेरेर नकारात्मक टिकाटिप्पणी नगर्न समेत आग्रह गरिएको छ ।

महर्जनको अडिसनका बारेमा हिडेन ट्रेजरले भनेको छ, ‘यसपालीको अडिसनमा पनि यस्तै विधी अपनाइएको थियो । उनी (अस्मिता) यसमा खरो उत्रिइन् र छनोट पनि भइन् ।’ सामाजिक सञ्जालमा उत्पन्न भएका क्रिया–प्रतिक्रियाहरुलाई सकारात्मकरुपमा लिइएको पनि संस्थाको स्पष्टोक्ति छ ।

Logo