काठमाडौं । गायिका अञ्जु पन्त एकाएक विवादमा तानिएकी छन् । हावाहुरी प्रभावित क्षेत्र बारा पर्सामा राहतको नाममा धर्मको प्रचार गर्न लागिन भन्दै मंगलबार एकाएक उनलाई विवादमा तानिएको हो ।
सामाजिक सञ्जालमा एउटा फोटो सेयर गरिदैं त्यसलाई धर्मको प्रचार गर्न हिडेको आरोप लागेको छ । गाडीको डिकीमा केही राहत सामाग्री र किताबहरु राखेर उभिएकी अञ्जुको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । पीडामा पनि धर्म प्रचार गरेको भन्दै धेरैले गायिका अञ्जुलाई गालीगलौज गरेका छन् ।
कतिपयले त आक्रोश नै व्यक्त गरिरहेका छन् । क्रिश्चियन धर्मको अनुयायी रहेकी गायिका पन्तलाई बारा पर्सामा राहत बाड्ने नाममा धर्मको प्रचार गर्न गएको भन्ने आरोप लागेको छ । तर यसको सत्यता भने अर्कै देखिएको छ । जुन सामाजिक सञ्जालमा भाईरल भएको फोटो ५ डिसेम्बर २०१८ उनको फेसबुक पेजमा पोष्ट भएको पाईएको छ ।

उनी आफैं बारा नगई सहयोग पठाएको बताएकी छन् । काठमाडौंमा व्यस्तताका कारण उनले आफु जान नपाएको र सहयोग भने प्रभावित क्षेत्रमा पठाईएको बताईन् । भाईरल भएको उक्त तस्बिरबारे उनले आश्चर्य मानेकी छन् । पुरानो तस्बिरलाई पनि यस्तो विपत्तिको बेला विवादमा ल्याउन खोजिएको आरोप छ ।
अञ्जुले आफ्नै नाममा अञ्जु पन्त फाउण्डसेन खोलेकी छन् । त्यसमार्फत विभिन्न सामाजिक कार्य गर्दै आएकी छिन् । केही पहिले उनी सहयोग लिएर बारा पर्सा लगायतका तराईका जिल्ला गएकी थिइन् । त्यहीबेला खिचेको तस्वीर अहिले भाइरल बनाइएको हो । त्यो बेला बालबालिकालाई ब्याग र कापी किताव वितरण गरेको तस्बिरलाई अहिले गलत प्रयासमा प्रयोग गरिएको उनको भनाई छ ।
आफूले गीत संगीतबाट कमाएको रकमको केही अंश समाजसेवामा लगाउन चाहेको, तर पटकपटक गलत प्रचार गरेर निराश बनाउन खोजेको उनको गुनासो छ । उक्त तस्बिर कसरी एकाएक विवादमा आयो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । तर त्यो तस्बिरमा प्रतिक्रिया दिने क्रम भने अझै चलिरहेको छ ।
राप्रपा अध्यक्ष समेत झुक्किएः
सामाजिक सञ्जालमा यो तस्बिर भाइरल भइरहँदा राप्रपा अध्यक्ष कमल थापासमेत झुक्किएका छन् । हल्लाको पछि लागेर उनले हेलो सरकार र प्रधानमन्त्री केपी शर्मा ओली समेतलाई गुहार गरेका छन् ।

हिन्दुवादी पार्टी राप्रपाका अध्यक्ष उनले अञ्जु पन्तलाई नै लक्षित गर्दै ट्वीटरमार्फत भनेको छन्, ‘राहत वितरणको आवरणमा धर्म प्रचार र बाइबल बाँड्ने कार्य हुनलागेको जानकारी प्राप्त भएको छ । यो कार्य तत्काल रोकियोस् । यसतर्फ सरकार र सम्बद्ध सबैलाई समयमा नै सचेत रहन आग्रह गर्दछु ।’ अध्यक्ष थापाको गुनासो पछि हेलो सरकारले सम्बन्धित निकायसमक्ष गुनासो पठाएको जनाएको छ ।

यस्ता छन्, अञ्जु पन्तलाई आएका केही प्रतिक्रयाः
अञ्जु पन्तको जुनसुकै पोष्टमा पनि विपत्तिको बेला धर्मको प्रचार नगर्न भनिएको छ । उनका अहिलेसम्म पोष्ट भएका अधिकांश स्टेटसमा त्यही कुरा मात्र लेखिएको देखिन्छ । हामीले केही कमेन्ट लिएका छौं ।
मनोज कार्की लेख्छन्, ‘राहातको बाहनामा बाइबल बाड्ने । तपाईंले यस पिडाको घडीमा नेपालीको घाउमा नुनचुक छर्ने काम गर्नु भो । तपाइलाई स्वयम प्रभुले पनि माफ गर्ने छैनन तपाईंलाई मेरो सलाम’
त्यस्तै ईश्वर पोखरेल लेख्छन्, ‘प्राकृतिक विपत्तीमा मानवताको नाताले मात्र राहत बाड । धर्म प्रचारप्रसार गर्ने समय र मानिस बिपत्तीमा परेका हैनन । समाचारहरुमा आए अनुसार राहतको साथमा बाइबल पनि बाहिरै छ रे यदि यसो हो भने तुरून्त कानुनी उपचार खोजियोस हैन भने भ्रम नगरियोस ।’





























प्रतिक्रिया