रजनिकान्त र अक्षय कुमारको लिड रोल रहेको फिल्म २.० ले निकै चर्चा बटुल्यो । रोवर्टको सिक्वेल रहेको यो फिल्म अहिलेसम्मकै महंगो फिल्म हो । फिल्मकी हिरोइन थिइन्, एमी ज्याक्सन ।
फिल्ममा उनले एक्टिङको जादु देखाएर सबैलाई चकित पारिन् । फिल्मको चर्चा त सेलाइसक्यो तर अहिले एमी ज्याक्सन फेरि एकाएक चर्चामा आएकी छिन् । चर्चाको कारण भने बेग्लै छ । उनको अभिनय वा फिल्मको कारण नभइ उनको नितान्त व्यक्तिगत कुराले यतिबेला मिडियामा छाइरहेकी छिन् ।
एमी, विवाह पहिला नै आमा बन्न लागेकी हुन् । यो कुराको खुलासा अरु कोहिले नभएर उनी आफैले गरेकी हुन् । उनले आफ्नो इन्स्ट्राग्राम अकाउन्टमा बेबी बम्प देखाएर खिचाएकी एक तस्बिर सेयर गर्दै गुड न्युज आफ्नो फ्यानहरुलाई दिएकी हुन् ।

तस्बिरमा उनी आफ्नो प्रेमी जर्जको साथ देखिएकी छिन् । एमी बेबी बम्प देखाइरहेकी छिन् भने जर्जले एमीको निधारमा किस गरिरहेका छन् । यो तस्बिर सेयर गर्दै एमीले प्रेमले भरिएको क्याप्सन पनि लेखिन् ‘म यो कुरा छतमा उभिएर चिच्चाएर भन्न चाहन्थे, तर यो कुरा सुनाउन मेरो लागि यो दिनभन्दा उपयुक्त अरु दिन हुन सक्दैन । म तिमीलाई संसारमा सबैभन्दा बढी प्रेम गर्छु । अब कुनै पनि हालतमा म हाम्रो बच्चालाई चिनाउनबाट रोक्न सक्दिन ।’
यो तस्बिर मार्च ३१ को सेयर गरेकी हुन् । मार्च ३१ को दिन युकेमा ‘मर्दस डे’ सेलिब्रेट गरिन्छ । त्यसैले हुन सक्छ उनले गुड न्युज दिनको लागि यहि दिन रोजिन् । एमीको फ्यानहरु यो कुरा सुनेर अचम्मित भए । एमीले अघिल्लो बर्ष जनवरीमा जर्जसँग इन्गेजमेन्ट गरेको खुलाएकी थिइन् । दुवै अहिले लिभ इन रिलेसनसिपमा छन् ।

यहि आउँदो यो जोडी २०२० मा वैवाहिक बन्धनमा बाँधिने छन् । यो जोडीले वेडिङ डेस्टिनेसनको लागि ग्रिसलाई चुनेका छन् । एजेन्सी





























प्रतिक्रिया