काठमाडौं । आइतबार साँझ हावाहुरीले बारा-पर्सामा ठूलो धनजनको क्षति भएको छ । उद्दार तथा राहतको क्रम चलिरहेको छ । स्थानीय, प्रदेश र केन्द्र सरकार राहत तथा उद्दारमा खटिएको छ । त्यस्तै विभिन्न संघसंस्था पनि यतिबेला बारा पर्सामा छन् ।
नेपाली सेलिब्रेटीहरु राहत तथा उद्दारमा सक्रिय रुपमा लागेका छन् । नायिका ऋर्चा शर्माले खाद्य सामाग्री संकलन गर्न सुरु गरिसकेकी छन् । उनले सबैलाई सहयोगको लागि पनि अनुरोध गरेकी छन् ।
त्यस्तै कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल धुर्मुस राहत सामग्री लगेका तराई झरेका छन् । उनी कुञ्जना घिमिरे सुन्तलीसँगै बारा पुगेका हुन् ।





























प्रतिक्रिया