तारा अधिकारीको मायाको घर सार्वजनिक ( भिडियो सहित )

तारा अधिकारीको मायाको घर सार्वजनिक ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
गीतकार तारा अधिकारीको नयाँ गीत मायाको घर… बजारमा आएको छ । उनको शब्द रचनाको गीतमा स्वर प्रमोद खरेल र संगीत उमेशराज खड्काको छ ।

गीतमा संगीत संयोजन किरण कँडेलको छ । गीतको भिडियोमा मरिस्का पोखरेल, कुशल अधिकारी र दिनेश बुढाथोकीलाई देख्न सकिन्छ ।

भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई शिव ढकालले खिचेका हुन् । भिडियोको निर्देशन रमेश थापाले गरेका छन् । चन्द्र बिनायक फिल्म्समा भिडियोको पोष्ट प्रोडक्सनको काम भएको छ ।

गीतकार अधिकारीको यो गीत सपना एल्बममा समावेश छ । गीत लेख्नु आफ्नो सौख भएको बताउँदै गीतकार अधिकारीले एल्बम भने अन्य गीतहरुको रेकर्डिङ सकिएपछि ल्याउने बताईन् । यो उनको दोस्रो गीत हो । हेरौं भिडियोमा :

Skip This
Skip This
Logo