आज महाशिवरात्री पर्व । पशुपतिनाथमा बिहानैदेखि श्रद्धालु भक्तजनको भिड लागिरहेको छ । सर्वसाधरणदेखि कलाकारलाई पनि शिवरात्रीले छपक्कै छोपेको छ ।
सामाजिक सञ्जाल आज शिवरात्रिमय भएको छ । कलाकारहरुले फेसबुकमा शिवजीको फोटो पोस्ट गर्दै ‘हरहर महादेवको नारा’ लगाएका छन् ।
महानायक राजेश हमालले आफैलाई शिवको रुपमा प्रस्तुत गरेका छन् । हमालले उनकै अनुहारमा बनेको ट्रोल सेयर गरेका छन् । हमालले तस्बिर अपलोड गर्दै शिवरात्रीको शुभकामना दिएका छन् ।
त्यस्तै सामाजिक सञ्जालमा दीपक राज गिरीको शिवप्रति भक्तिभाव प्रकट गरेका छन् । उनले लेखेका छन, ‘पिडाहरूलाई कालकुट विष झै पिउन सिकाइदेऊ, दुश्मनलाई सर्पझै बसमा राखि जिउन सिकादेउ ! हरहर महादेव !’

हास्यकलाकार निर्मल शर्माले फिल्मकर्मीप्रति व्यग्य गर्दै लेखेका छन, ‘नाम दाम दुवै टन्नै हुन्छ भनेकै भरमा हाम फालेर हाल सजाय भोगिरहेका एक सक्कली सौखीन चलचित्र निर्माता ! आउँदै गरेका अनि तयार हुँदै गरेका अन्य सदस्यहरुलाई पनि क्लबमा स्वागत छ है शुभदिन महाशिवरात्री ।’
यसै गरी गायक प्रमोद खरेलले पनि शिवको अगाडि आफ्नो फोटो पोस्ट गर्दै लेखेका छन, ‘जय भोले, जय शम्भो… शिवरात्रीको पावन अवसरमा सम्पुर्णलाई हार्दिक हार्दिक शुभकामना ।’






























प्रतिक्रिया