अक्षयकुमारले एकसय नव दम्पतीहरुलाई १/१ लाख रुपैयाँ दिने

अक्षयकुमारले एकसय नव दम्पतीहरुलाई १/१ लाख रुपैयाँ दिने

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भारतीय अभिनेता अक्षयकुमारले एक सय नव दम्पतीहरुलाई  १/१ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । एक ‘च्यारेटी इभेन्ट’ मा एकसय नयाँ दुलहीहरुलाई एकरएक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । उनी एक सामुहिक विवाहमा गएका थिए ।

भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नवीसको उपस्थितिमा लगभग एकसय गरिब तथा सुविधाबाट वञ्चित युवाहरुले विवाह गरेका थिए । अक्षय उनीहरुलाई आशिर्वाद दिन त्यहाँ पुगेका थिए ।

उनले त्यहाँ गएर आर्थिक समस्याबाट ग्रसित सबै एक सय नव-विवाहित जोडीलाई उनीहरुको वैवाहिक जीवनको सुरुवाती दिनहरु खुशियालीसँग बितून् भन्दै एकरएक लाख भारु दिने घोषणा गरेका हुन् । अक्षय कुमारको यस निर्णयको भारतीय मिडियामा खुबै प्रशंसा गरिएको छ ।

केही समय अगाडि मात्र उनले पुलवामा हमलामा शहीद भएका सेनाका परिवारलाई पाँच करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । उनी चलचित्र क्षेत्रसँगसँगै सामाजिक कार्यमा पनि सक्रिय रहँदैं आएका छन् ।

Logo