काठमाडौं । ‘जोमसोमै बजारमा बाह्र बजे हावा सरर…’ स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीले लेखेको चर्चा चलेको छ । नेपथ्य ब्यान्डको चर्चित गीतका लेखक अधिकारी हुन् भन्ने चर्चा चलेको हो ।
२०७३ सालमा लोकान्तरले गरेको एउटा खोजमा उक्त गीत अधिकारीको टीमले गरेको हो । पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति रहेको समयमा रवीन्द्र अधिकारीसहितको टोली सांस्कृतिक कार्यक्रमको सिलसिलामा २०४७ सालको चैत्रमा मुस्ताङ पुगेको थियो ।
पोखराबाट आरएनएसीको ट्वीनअटर विमान चढेर मुस्ताङ गएको टोलीले सांस्कृतिक कार्यक्रमको सिलसिलामा एक हप्ता त्यतै बितायो । पोखरेली सांस्कृतिक टोली एक दिन जोमसोमको होटलमा खाना खान बसेको थियो मध्याह्न १२ बजेको समयमा । त्यही बेला बेजोडले हावा चल्यो ।
जोमसोममा होटलमा बसिरहेको समयमा बेजोड हावा चल्दा रवीन्द्रले कवितात्मक लयमा केही शब्द उच्चारण गरे । अन्य साथीहरूले केही शब्द थपे र आधा घण्टामा गीत तयार भयो ।
‘जोमसोमै बजारमा
बाह्र बजे हावा सरर
ए हजुर, घर हाम्रो पोखरा’
तर यो गीत आफुहरुकै भएको नेपथ्यको भनाई छ । नेपथ्यका म्यानेजर अर्पण शर्माले उक्त रक्षा गुरुङले लेखेको बताए । उक्त गीतसँग अधिकारीको कुनै संग्लनता नरहेको भन्दै म्यानेजर शर्माले गुरुङले लेखेको र नेपथ्यले बजारमा ल्याएको बताए ।
नेपथ्यले अपलोड गरेको भिडियोमा पनि गीतका रचनाकार रक्षा गुरुङ भएको उल्लेख गरिएको छ । तर २ वर्षअघि लोकान्तरले गरेको खोजमा अधिकारीको टिमले नै गीतको सिर्जना गरेको उल्लेख गरेको थियो । पछि नेपथ्यले उक्त गीतलाई परिमार्जित गरेर नयाँ स्वरुप दिएको उल्लेख गरिएको थियो ।





























प्रतिक्रिया