नेपाली संगित जगतमा अलग ऊर्जासहित गजल संग्रह ‘समय आएपछि’ बजारमा आएको छ । संग्रहित एल्बममा ८ वटा गजलहरु संग्रह गरिएको छ ।
गजलकार धुव्र के.सी. (गुमनाम) को सृजना र संगितकार ईश्वर खत्रीको संगितमा सजिएका गजलहरुमा संगित संयोजन किरण कंडेलले गरेका छन् । मंगलबार काठमाडौंको निशहाय सेवा केन्द्र शान्तिनगरमा एक कार्यक्रम सहित उक्त गजल संग्रह वरिष्ठ गायक तथा संगितकार दिपक जंगमले विमोचन गरेका छन् ।
डिएआर मुभिजले निर्माण र बजार व्यवस्थापन गरेको उक्त एल्बमको गजल ‘समय आएपछि’को म्युजिक भिडियो म्युजिक नेपालबाट डिजिटल मिडियामा सार्वजनिक गरिएको छ । गायक प्रमोद खरेलले उक्त गितमा आफ्नो आवाज दिएका छन् । म्युजिक भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको साथमा रश्मि भट्ट, राजाराम गौतम, श्वेता गोले लगायतको अभिनय रहेको छ ।
प्रभावन जे ले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा क्यामेरा टंक के.सी, ग्राफर विशेष मर्हजन र सम्पादन नविन भट्टले गरेका छन् । गजलको म्युजिक भिडियो पर्यटकिय नगरी धुलिखेलमा छांयाकन गरिएको डि.ए.आर. मुभिजका व्यवस्थापक डिएन दाहाल (धनपति) ले जानकारी दिए ।





























प्रतिक्रिया