राजेश हमालको २८ वर्षे चलचित्र अनुभव ११ मिनेटमा (भिडियोमा)

राजेश हमालको २८ वर्षे चलचित्र अनुभव ११ मिनेटमा (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राजेश हमाललाई महानायकको उपमा दिईन्छ । चलचित्र क्षेत्रमा दुई दशक राज गरेका राजेश हमाल यतिबेला फिल्म क्षेत्र भन्दा सामाजिक सेवामा बढी केन्द्रित छन् । २८ वर्षअघि युगदेखि युगबाट फिल्म क्षेत्रमा उनले प्रवेश गरेका थिए ।

उक्त चलचित्र नै सफल भएको थियो । त्यसपछिका कुनै पनि चलिचित्रबाट उनले पछि फर्केर हेर्नु परेन् । नेपाली चलचित्र क्षेत्रमा गरेको योगदान गरेवाफत उनले थुप्रै पुरस्कारबाट सम्मानित भईसकेका छन् । जसमा राष्ट्रिय चलचित्र पुरस्कार २०१४ उनले पाएका थिए । उनलाई यसै कारण महानायक भन्ने गरिएको छ ।

१७० भन्दा बढी नेपाली र १ पाकिस्तानी चलचित्रमा उनले अभिनय गरेका छन् । आफूले गरेका चलचित्र मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मनपर्ने चलचित्रहरू हुन् । उनै दुई दशक लामो समय नेपाली चलचित्र क्षेत्रमा बिताएका हमालले सोमबार राजधानीमा सम्पन्न एक कार्यक्रममा आफ्नो अनुभव सेयर गरेका छन् ।

दोस्रो नेपाल इन्टरनेस्नल फिल्म फेस्टिभल – २०१९ को अवसरमा आयोजित कार्यक्रममा हमालले चलचित्र जीवनका बारेमा अनुभव राखेका थिए । थप भिडियोमाः

Skip This
Skip This
Logo