काठमाडौं । चलचित्र साईनोको पहिलो गीत सार्वजनिक गरिएको छ । रमेश थापाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र साईनोको पहिलो गीत मायालुलाई जात्रैमा भेटियो सार्वजनिक गरिएको हो । सोमबार एक कार्यक्रमको आयोजना गरेर गीत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा चलचित्रकी नायिका मिरुना मगरले पछिल्लो समयमा लोकप्रिय नायक प्रदिप खड्कासँग आफुलाई तुलना गर्न नमिल्ने बताईन् ।
उनले भनिन्, प्रदिप खड्कासँग खेलेर भाग्य बन्छ भनेर मैले खेलेकी पनि होईन् । उहाँसँग खेल्ने जतिपनि नायिकाहरु हुनुहुन्छ । उहाँहरु आफ्नो बलबुतामा खेलिरहनुभएको हो । प्रदिप जिले आफ्नो लागि बनाईराख्नु भएको छ । उहाँले पनि म यो नायिकालाई लिएर भाग्य बनाउँछु भन्ने सोच्नु हुन्छ जस्तो लाग्दैन् ।





























प्रतिक्रिया