नेपालका प्रितम आचार्य यति बेला निकै चर्चामा छन् । आचार्य भारतीय टेलिभिजन जी टिभी बाट प्रसारण हुने रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पस’ मा धुम मचाइरहेका छन् ।
नेपाल र भारतमा मात्र नभएर उनको चर्चा विश्वभर नै भईरहेको छ । आईतबार प्रसारण भएको कार्यक्रममा प्रितमले किशोर कुमारको आवाज रहेको गीत ‘बचना ए हसिनो’ बोलको गीत गाएर चार्टबस्टर प्रस्तुती दिएका थिए ।
उनले हिजोको प्रस्तुतीमा १०० मा १०० प्रतिशत ल्याउनुको साथै जज, जुरी मेम्बर र टोटाल धमाल फिल्मका सम्पूर्ण युनिटबाट स्टयाण्डिङ ओभिएसन समेत पाएका थिए ।
उनको प्रस्तुतिपछि बलिउड अभिनेता अजय देवगनले निकै प्रशंसा गरेका थिए । उनलाई अजयले अब उदितनारायण झाले नै खोज्न आउने बताएका थिए ।
यस अघि नै भएको मेघा अडिसनमा आचार्यले ‘सन्देशे आते हैं बोलको गीत गाएर जजहरुको मन जितेका थिए । त्यहाँ देखि नै उनको चर्चा चुलिएका थियो ।
https://www.facebook.com/itaharicharming/videos/2172025669511145/





























प्रतिक्रिया