आजदेखि नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव सुरु हुदैँछ । त्यसका लागि बै नाट्कहरुको पूर्व तयारी सकिएको आयोजकले जनाएको छ ।
‘सामाजिक रुपान्तरणको लागि रंगमञ्च’ भन्ने मूल नारा सहित यो महोत्सव आयोजना गरिएको हो । आजबाट सुरु भएको महोत्सव ८ दिन सम्म चल्नेछ ।
नाट्य महोत्सवमा नेपाली र विदेशी गरि १२ देशका ३० वटा नाटकहरु मञ्चन हुनेछन् । ११ वटा अन्तरक्रिया र ४ वटा कार्यशालामा नेपाल लगायत १२ मुलुकका रंगकर्मीले भाग लिने बताइएको छ । नाटकहरु अनामनगरस्थित मण्डला थिएटर, बत्तिसपुतलीस्थित शिल्पी थिएटर, त्रिपुरेश्वरस्थित कौशी थिएटर र किर्तिपुरस्थित थिएटर मलमा मञ्चन हुनेछन् ।
काठमाडौं उपत्यका मात्र नभएर पोखरा, जनकपुर र विराटनगर गरि ३ प्रमुख सहरहरुको नाटकघरमा समेत नाटकहरु मञ्चन गरिने बताइएको छ ।































प्रतिक्रिया