एजेन्सी । बलिउड सुपरस्टार सलमान खान र सञ्जय लिला भन्साली १२ वर्ष पछि एक साथ काम गर्ने भएका छन् । भन्साली र सलमान पछिल्लो १२ वर्ष अघि फिल्म ‘सावरिया’ मा सँगै काम गरेका थिए ।
सलमान र भन्सालीले मिलेर एउटा स्क्रिप्ट समेत तयार पारिसकेका छन् । यो फिल्म लभ जनारामा निर्माण गरिने बताइएको छ । उनीहरु दुबै एकअर्कासँग काम गर्न निकै उत्साहित छन् ।
यो फिल्म यहि बर्षको अन्तिम तिर फ्लोरमा जाने बताइएको छ । हाल फिल्मको नाम र कलाकारको नाम भने सार्वजनिक गरिएको छैन् ।
भन्साली यो वर्ष तिनवटा ठुला प्रोजेक्टका फिल्महरु बनाउँदैछन् जसमा उनको एउटा फिल्ममा सलमान लिड रोलमा देखिनेछन् । सलमान यति बेला फिल्म ‘भारत’ कै सुटिङमा व्यस्त छन् ।































प्रतिक्रिया