मिस एण्ड मिस्टर नेसनल नेपाल २०२५ काे उपाधि दीक्षा र साइरसलाई

मिस एण्ड मिस्टर नेसनल नेपाल २०२५ काे उपाधि दीक्षा र साइरसलाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मिस एण्ड मिस्टर नेसनल नेपाल २०२५ को ग्राण्ड फिनाले बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्यताका साथ सम्पन्न भएको छ।

प्रतियोगितामा विभिन्न ६ विधामा विजेता घोषणा गरिएको छ, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

यस वर्षको प्रतिष्ठित मिस सुप्रा नेसनलको उपाधि दीक्षा अवस्थीले हात पारेकी छन् भने साइरस विश्वकर्मा मिस्टर सुप्रा नेसनल बन्न सफल भएका छन्। उनीहरुले आफ्नो प्रतिभा र व्यक्तित्व प्रदर्शन गर्दै निर्णायक मण्डलको मन जितेका थिए ।

यस्तै, अन्य विधाअन्तर्गत मिस्टर इन्टरनेसनलको उपाधि सिद्धार्थ तामाङले जितेका छन् भने मिस ग्लोब रिजु भट्टराई घोषित भएकी छिन् । मिस्टर टुरिज्म क्रिशल श्रेष्ठ र मिस इन्टरकन्टिनेन्टल सुम्निमा पुरीले आ-आफ्नो विधामा सफलता हासिल गरेका छन्।

राष्ट्रिय उपाधि अन्तर्गत मिस नेसनल नेपाल अनिशा श्रेष्ठ र मिस्टर नेसनल नेपाल प्रयाग रेग्मी घोषित भएका छन्। फस्ट रनरअपमा सिल्भिया शर्मा र सिजल कपाली तथा सेकेन्ड रनरअपमा युक्ता सिंह र अजहर आलमले स्थान बनाएका छन्।

फिनालेमा विभिन्न सबटाइटल राउन्डहरु पनि समावेश थिए, जसमा प्रतिस्पर्धीहरुले आफ्नो विशिष्ट क्षमता प्रदर्शन गर्ने अवसरहरु पाएका थिए । साइरस विश्वकर्मा र सुम्निमा पुरीले उत्कृष्ट स्विमवेयरको उपाधि जिते भने सिजल कपाली र अनिशा श्रेष्ठ टप फोटोजेनिक घोषित भए । साइरस विश्वकर्मा र मनिशा पन्तले टप फिजिकको अवार्ड आफ्नो नाममा लेखाए।

टप मोडलतर्फ दीक्षा अवस्थी र क्रिशल श्रेष्ठ, मिस इलिगेन्स सिल्भिया शर्मा, मिस्टर एलिगेन्स प्रयाग रेग्मी, मल्टिमिडिया अवार्ड रविना जिसी र सिद्धार्थ तामाङले जिते। पब्लिक च्वाइस अवार्ड रिजु भट्टराई र अजहर आलमले प्राप्त गरे।

सिद्धार्थ तामाङ र सुम्निमा पुरीले मिस्टर एन्ड मिस ट्यालेन्ट तथा मिस्टर एन्ड मिस फोटोजेनिकको उपाधि पनि जिते । अन्य सबटाइटल विजेताहरुमा मिस एन्ड मिस्टर हस्पिटालिटी वर्षा थापा र छेवाङ शेर्पा, मिस्टर एन्ड मिस स्क्रीन अवार्ड सिद्धार्थ तामाङ र दीक्षा अवस्थी, बेस्ट हेयर मनिश शाह र अनु राई, बेस्ट स्माइल आयुश श्रेष्ठ र अन्जना शेर्पा रहेका छन्।

त्यसैगरी, मिस्टर एन्ड मिस कन्जिनियालिटी जीवन उप्रेती र अनिशा श्रेष्ठ, मिस एन्ड मिस्टर कम्युनिकेट युक्ता सिंह र जीवन उप्रेती, मिस्टर एन्ड मिस इन्फ्युन्जर साइरस विश्वकर्मा र जुली शाह तथा मिस एन्ड मिस्टर इम्पावरमेन्ट स्वेछा ढकाल र स्पन्दन राई घोषित भए।

मिस एण्ड मिस्टर नेसनल नेपालले युवा प्रतिभाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिचान बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस वर्षका विजेताहरुले आगामी दिनमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

प्रतियोगिताको निर्णायकको रुपमा डा. सन्तोष उपाध्याय, अरुण बस्नेत, केदारप्रसाद न्यौपाने, डा. केशु खड्का, सिजल रुपाखेती र प्रीया सिग्देल थिए।

Logo