काठमाडौं । थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले ७२औं मिस वर्ल्डको उपाधि जितेकी छन् ।
भारतको तेलांगानास्थित हैदराबादमा आयोजित ग्राण्ड फिनालेमा १०८ जना प्रतियोगीहरूलाई पछि पार्दै चुआंगश्रीले मिस वर्ल्डको ताज पहिरेकी हुन् । चुआंगश्रीलाई गत वर्षकी विजेता क्रिस्टिना पिस्जकोभाले ताज पहिराएकी थिइन्।
उपचार र शक्ति दुवैको प्रतीक मानिएको गाउन लगाएर ओपलले स्टेजमा ओपलजस्तै फूलहरूले सजिएको नाजुक सेतो कपडामा हिँडेकी थिइन् । “चम्किलो सेतो कपडा र नाजुक ओपलजस्तै फूलहरूले डरको सट्टा आशा रोज्ने महिलाहरूलाई प्रतिबिम्बित गर्दछ,” ओपलले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा साझा गरेकी छन्, “नरम चमकले करुणाको लहर प्रभावलाई झल्काउँछ – कसरी एउटा हृदयले धेरैलाई जगाउन सक्छ। स्वारोभ्स्की क्रिस्टलहरू अन्धकारबाट हामीलाई मार्गदर्शन गर्ने भित्री प्रकाशजस्तै चम्किन्छन्।”
यस प्रतियोगितामा इथियोपियाकी हासेट डेरेज एडमासु प्रथम उपविजेता बनिन्।
७२औं मिस वर्ल्ड सौन्दर्य प्रतियोगिता मिस वर्ल्ड २०१६ स्टेफनी डेल भाले र भारतीय प्रस्तोता सचिन कुम्भरले सञ्चालन गरेका थिए। भारतले गत वर्ष पनि यस सौन्दर्य प्रतियोगिताको आयोजना गरेको थियो।
भारतकी नन्दिनी गुप्ता शीर्ष २० मा पुगेर बाहिरिएकी थिइन्।
नेपाल पनि क्वार्टरफाइनल नपुग्दै बाहिरिएको थियाे । मिस नेपाल वर्ल्ड सृच्छा प्रधान बाहिरिएकी हुन् ।





























प्रतिक्रिया