काठमाडौं

सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ क्षेत्र नम्बर ७ मा पार्टीको सिट गुम्ने गरी उपचुनाव नहुने बताएका छन् । "/>

सरकारले काम गर्न नसकेकै हो : प्रचण्डद्वारा सरकारको समीक्षा

सरकारले काम गर्न नसकेकै हो : प्रचण्डद्वारा सरकारको समीक्षा


काठमाडौं

सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ क्षेत्र नम्बर ७ मा पार्टीको सिट गुम्ने गरी उपचुनाव नहुने बताएका छन् ।

पाथीभर समाज ताप्लेजुङले बुधबार काठमाडौँमा दसैँ तिहार सहितका चाडपर्वका अवसरमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपाको सिट गुम्ने गरी चुनाव नहुने बताएका हुन् ।

‘काठमाडौँको क्षेत्र नम्बर ७ मा वामदेव गौतम उठ्ने र जित्ने चर्चा चलिरहेको छ’, उनले भने, ‘प्रधानमन्त्री र म बीच यसबारे पटक पटक छलफल भएको छ । यसबारेमा हामी छलफलको चरणमा छौँ तर निर्णय भइसकेको छैन ।’ अध्यक्ष दाहालले उपचुनाव भएमा नेकपाको सिट पक्का हुने गरी मात्रै गरिने स्पष्ट पारे ।

सरकारबारे समीक्षा

अध्यक्ष दाहालले आफूले पाथीभरा माताको दर्शन गरेपछि पार्टी एकताले पनि गति लिएको बताउँदै यसलाई एउटा संयोगका रुपमा लिन सकिने बताए ।

दाहालले सरकारले केही पनि गरेन भन्नु सत्य नभएको पनि प्रष्ट पारे । ‘सरकारले महँगी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नसकेकै हो । हामी त्यसबारे गम्भीर समीक्षामा लागेका छौँँ’, उनले भने, ‘हामी राम्रै गृहकार्य गरेर जनताले देख्ने गरी सुशासन र विकासको पक्षमा निर्णय लिँदैछौँ ।’

जनताको तहमा पुगेका कुरा आफूहरुले सुनेको बताउँदै उनले अब ती सबै कुराको सम्बोधन हुने पनि जिकिर गरे । ‘अब जनताका आवाजको सम्बोधन हुन्छ । निराश भइहाल्नुपर्ने र बर्बाद भइगयो भन्ने तर्फ गइरहनु पर्दैन’, उनले भने, ‘छ्यास्स केही भइगयो भने तर्सिने बानी हटाउनुपर्छ ।’
अन्नपूर्णबाट

Logo