(भिष्म ओली)
केन्द्रबिन्दु संवाददाता

नेपाली गीत संगीतको केन्द्रबिन्दुको रूपमा रहेको अष्ट्रेलियामा पहिलो पटक अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम हुदैछ । "/>

सिड्नीमा पहिलो पटक अन्तर्राष्ट्रिय म्युजिक अवार्ड हुदै

सिड्नीमा पहिलो पटक अन्तर्राष्ट्रिय म्युजिक अवार्ड हुदै

केन्द्रबिन्दु
0
Shares

(भिष्म ओली)
केन्द्रबिन्दु संवाददाता

नेपाली गीत संगीतको केन्द्रबिन्दुको रूपमा रहेको अष्ट्रेलियामा पहिलो पटक अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम हुदैछ । ८ सेप्टेम्बर शनिवार राप्ती समाज अष्ट्रेलियाद्वारा आयोजना गर्न लागेको यो कार्यक्रम अष्ट्रेलियामा भएको पहिलो अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम हो । कार्यक्रमका लागि नेपालका ख्यातिप्राप्त कलाकारहरु पल शाह, सिन्धु मल्ल, राधिका हमाल, प्रकाश रेग्मी, र क्रिष्ण रेउले आउने पक्का पक्की भएको छ ।

राप्तीका कलाकारहरुलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन, नेपाली गित संगितलाई अझ उचाईमा पुर्याउन अनि बिदेशमा बसेर पनि राप्तीमा केही गर्न सकिन्छ भन्ने उदाहरण दिनको लागी कार्यक्रम गरेको राप्ती समाज अष्ट्रेलियाका अधक्ष्य तथा आयोजक नरेश रेग्मीले बताए ।

कार्यक्रमबाट उठेको रकम राप्तीमा सामाजिक काममा लगाउने उद्देश्य रहेको रेग्मीले बताए । रेग्मीले कार्यक्रममा आज सम्म राप्ती समाजले गरेको सामाजिक कामहरूको छोटो भिडिओ देखाएर सबै दर्शकहरुलाई समाजिक कामका लागी अझ हौसला बढाउने बताए ।

‘ससुरालीमा गई रहन्थ्ये दिनका दिन’ जस्ता मिठा गितहरूद्वारा सबै नेपालीको मनमा बसेकी गायिका सिन्धु मल्ल अष्ट्रेलियाका दर्शकको प्रिय गायिका हुन । तिन पटक अष्ट्रेलिया आएर सबैको वाहवाही पाएकी मल्ल फेरि पनि कार्यक्रमका लागि आउने खबरले यहाका दर्शकहरु खुशी छन ।

त्यस्तै सुरिला स्वरका धनी प्रकाश रेग्मीको स्वरका प्रशंसकहरू पनि धेरै छन् । पहिलोपटक अष्ट्रेलिया आएका पल शाह राधिका हमाल र कृष्ण रेउलेले कस्तो प्रदर्शन गर्ने हुन त्यो त अवश्य हेर्न बाकी नै छ । (न आर क्रिएशनले) ईभेन्ट म्यानेजमेन्ट गरेको यो कार्यक्रमका पाँचै जना कलाकारहरु राप्ती जिल्लामा जन्मेका नेपाली गित संगित र चलचित्र क्षेत्रका सुनौलो भविष्य हुन ।

Skip This
Skip This
Logo