अक्षराद्वारा आयोजित राष्ट्रिय नाटक उत्सव सम्पन्न

अक्षराद्वारा आयोजित राष्ट्रिय नाटक उत्सव सम्पन्न

केन्द्रबिन्दु
33
Shares

काठमाडौंं । अक्षरा स्कुलकाे आयोजना र लालाबालाकाे सहकार्यमा काठमाडौँको पिङ्गलास्थानस्थित ‘स्टुडियो थिएटर’मा  भएकाे विद्यालयस्तरीय पाँच दिने दोस्रो राष्ट्रिय नाटक महाेत्सव सम्पन्न भएकाे छ ।

कवि तथा अभिनेता विजय बरालकाे प्रमुख आतिथ्यमा भदाै २ गते उद्घाटन भएकाे महाेत्सव शुक्रबार लिटिल एन्जल्स स्कुलकाे ‘भिरमा फुलेका फूल’, पवन प्रकृति स्कुलको ‘पिता…??’, पिक प्वाइन्ट एडुकेसन नेटवर्ककाे ‘यशस्वी भवः’ र काठमाडाैँ प्रज्ञा कुञ्ज स्कुलकाे ‘समीर नाचेकाे दिन’ नाटक प्रस्तुत गर्दै सम्पन्न भएकाे आयाेजक स्कुल अक्षराले जनाएकाे छ । 

समापन कार्यक्रममा आयाेजक स्कुल अक्षराकी संस्थापक निर्देशक अन्जु भट्टराईले सहभागी विद्यालयका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेकी थिइन् । कार्यक्रममा बाेल्दै उनले यसरी भव्य रूपमा नाटक महाेत्सव गर्न पाएकामा खुसी व्यक्त गरिन् । उनले साहित्य, सङ्गीत, कला र संस्कृति मानव जीवनका अभिन्न अङ्ग भएकाले विद्यालय तहकै नानीबाबुहरूलfई अभिनयात्मक कला सिकाउनु अपरिहार्य भएकाले राष्ट्रिय नाटक महाेत्सव आयाेजना गरेकाे बताइन् ।

‘साहित्य समाजकाे दर्पण हाे, जसमा बालबालिकाले सामाजिक मूल्यमान्यता, संस्कार, संस्कृतिलगायत जीवनका सम्पूर्ण पक्षकाे अध्ययन गर्न पाउँछन्,’ उनले भनिन्, ‘अझ नाटकजस्ताे संवादात्मक र अभिनयात्मक प्रस्तुतिले उनीहरूलाई सिकाइमा सहजीकरण गर्ने भएकाले अभिनयलाई कक्षाकाेठाभित्रै सिकाउन आवश्यक छ ।’

महाेत्सवमा ‘थिएटर इन एजुकेसन कार्यक्रम’अन्तर्गत नाट्य विधा अध्ययन गराउने देशभरका गरी विभिन्न १७ वटा स्कुलका १७ वटा नाटक मञ्चन भए । जसमा भ्याली भ्यु स्कुलद्वारा ‘इच्छा भर्सेस समय’, ग्ल्याडस्टोन एकेडेमीकाे ‘गीता’, आकाशगंगा इन्टरनेसनल एकेडेमीकाे ‘बैमानी काल’, ग्ल्याडस्टोन एकेडेमीकाे ‘गीता’, पिक प्वाइन्ट एडुकेसन नेटवर्ककाे ‘यशस्वी भवः’, ग्लोबल पब्लिक स्कुलकाे ‘द टेल अफ इन्द्रजात्रा’, निस्ट स्कुलकाे ‘पार्वती’, कान्जिरोवा राष्ट्रिय माध्यमिक विद्यालयकाे ‘दुःखी राजकुमारी’, काठमाडाैँ प्रज्ञा कुञ्ज स्कुलकाे ‘समीर नाचेकाे दिन’, हिमालयन ह्वाइट हाउस स्कुलकाे ‘द ग्रिक मिथाेलाेजी ओलम्पियागजा’, टाइम्स इलिमेन्ट्रि स्कुलकाे ‘दुःखी राजकुमारी’, आकाशगंगा इन्टरनेसनल एकेडेमीकाे ‘बैमानी काल’, रोजबड स्कुलकाे ‘परदेशको स्कुल’, क्रिएटिभ एकेडेमी स्कुलकाे ‘सपनासँगको शून्यता’, द जोय हाउस कलेक्टिव स्कुलकाे ‘द जोय माछाको रंगीन सपना’, काष्ठमण्डप विद्यालयको ‘द इन्टरनेट इज अ डिस्ट्रिक ओ लुक !अ किचेन !’ र आयोजक स्कुल अक्षराकाे ‘मोक्षको मार्ग’लगायत १७ वटा नाटक मञ्चन भएका थिए । 

समापन कार्यक्रममा नेपाली चलचित्रका निर्देशक तथा नेपाली पटकथा लेखक प्रदीप भट्टराईलगायत विभिन्न क्षेत्रका कलाकारहरूकाे उपस्थिति रहेकाे थियाे । यसअघि भएको नाटक महोत्सवको पहिलो संस्करण लालाबालाले आयोजना गरेको थियो। 

Logo