लोकसङ्गितमा नेपाली चलचीत्रका नायकहरुले हत्तपत्त अभिनय गर्दैनन् । तर नायक सरोज खनाल यसपटक विदेशीएका नेपाल को कथा बोलेको ‘नआउ मेरो भाई’ गीतमा अभिनय गरेका छन ।
परदेशी गाएकको रुपमा परिचित गायक सुर्य खड्का र रबिन लामिछानेको आवाज रहेको गीत भर्खरै सार्वजनिक भएको हो । लगभग १० बर्षदेखि परदेशी जीवन भोगिरहेका खड्का परदेशबाटै सांगीतिक यात्रालाई निरन्तरता दिदै आएका छन्।
बग्लुङ्ग घर भइ जापानमा कार्यरत खड्काका गीतहरुलाई एकपछि अर्को दर्शक श्रोताले झन् झन् मन पराउदै गएका छन्। परदेश देख्दा राम्रो र सहज लागे पनि भोगाइमा निकै कठिन रहेको सन्देश बोकेको गीत भएकोले परदेसीन चाहने नेपालीलाई नेपालमै रहेर केहि गर्नको लागि गीतले प्रेरित गर्नेछ भन्ने आफुले आशा राखेको गायक खड्काले बताए ।
नवराज पन्तको शब्द र रबीन लामीछानेको संगीत रहेको गीतमा चर्चित नायक सरोज खनाल, महेन्द्र गौतम र मेलिना ठकुरीको अभिनय रहेको छ भने गीतलाई गुँराश मुभिज प्रालिले बजारमा पठाएको छ।
प्रकाश भट्टले निर्देशन गरेको उक्त भिडियोलाई राजेश घिमिरेले छायाङ्कन र विष्णु शर्माले सम्पादन गरेका हुन भने दृष्य निर्माण साइ भिजन प्रालिले गरेको छ ।





























प्रतिक्रिया