काठमाडौँ

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सफाइका नाममा धुर्मुस–सुन्तली फाउन्डेसनले उठाउँदै आएको चन्दा संकलन कार्यलाई सरकारले रोक लगाएको छ । "/>

धुर्मुस–सुन्तली फाउन्डेसनले उठाउँदै आएको चन्दा संकलनमा सरकारको रोक

धुर्मुस–सुन्तली फाउन्डेसनले उठाउँदै आएको चन्दा संकलनमा सरकारको रोक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सफाइका नाममा धुर्मुस–सुन्तली फाउन्डेसनले उठाउँदै आएको चन्दा संकलन कार्यलाई सरकारले रोक लगाएको छ । फाउन्डेसनले कानुन विपरीत चन्दा संकलन गरेको भन्दै आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चन्दा उठाउन रोक लगाएको हो ।

वीर अस्पतालको शौचालय फोहोर भएको र वैज्ञानिक ढंगबाट सफाइ गर्ने भन्दै २३ वैशाखबाट कलाकार सीताराम कट्टेल (धुर्मुस) ले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको उपस्थितिमा वीर अस्पताल सफाइ अभियान सुरु गरेका थिए । सफाइ सुरु भएको एक सातामै धुर्मुसले सार्वजनिक रूपमा फाउन्डेसनका नाममा रकम उठाउन थालेपछि विवाद भएको थियो । आलोचना बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री अर्यालले वीर अस्पताल सफाइको नाममा चन्दा उठाउन रोक लगाउने निर्णय गरेकी हुन् ।
नयाँ पत्रिकाबाट

Logo