रक्षा पन्तले जितिन् मिसेस नेपाल वर्ल्डको उपाधि

रक्षा पन्तले जितिन् मिसेस नेपाल वर्ल्डको उपाधि

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । विवाहित महिलाहरुको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै रक्षाले मिसेस नेपाल वर्ल्ड २०२५ को उपाधि चुमेकी हुन् ।

कार्यक्रमका प्रमूख निर्णायक नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले अन्तिम प्रतिस्पर्धामा सोधेको समाजमा विद्यमान विकृतिमध्ये तपाईं के हटाउन चाहनुहुन्छ भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिएर रक्षाले सो उपाधि हासिल गरेकी हुन्। केडी फोटोग्राफी मस्ट फोटोजेनिक उपविजेतासमेत बनेकी उनले शीर्ष उपाधिसँगै स्कुटरका साथ अमेरिकामा हुने मिसेस वर्ल्ड २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि प्राप्त गर्ने भएकी छन् ।

प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेशनल भइन्। उनले सेन्ट्रल फेशन स्कुल फेशन आइकनको उपउपाधिलाई पनि आफ्नो बनाइन् । त्यसै गरी दिपिका तामाङ एमएस नेपाल इन्टरनेशनलको उपाधि विजेता भइन् । मिसेस नेपाल वर्ल्डमै विद्या चौहान फस्ट रनर्सअपका साथमा भ्युवर्स च्वाईस र फेसबुक च्वाइस, एलिना केसी सेकेन्ड रनर्सअपका साथमा क्युट केयर वेष्ट हेयर र निर्मला सुनुवार थर्ड रनर्सअपका साथमा सावित्री कञ्जनजंगा वेष्ट डान्सरको विजेता भए । उनीहरुले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

मिसेस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेशनल र एमएस नेपाल इन्टरनेशनल विजेताले सिंगापुरमै हुने एमएस इन्टरनेशलन प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् ।

सोही अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई झण्डै साढे ३ दशकदेखि नेपाली चलचित्रका साथमा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पुर्याए वापत मानार्थ मिसेस नेपाल वल्र्ड २०२५ बाट सम्मानित गरियो । सम्मानअघि अभिनेत्री चन्दलाई समर्पण गर्दै मोडलद्धय एसराज गराच र ऋचा थापाले कोरस कलाकारका साथमा उनका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

विभिन्न मनोरञ्जक प्रस्तुतिसहित रिबन इन्टरटेनमेन्टद्धारा आयोजना गरिएको प्रतियोगितामा विभिन्न शीर्षकमा उपाधि पनि प्रदान गरिएको छ । कार्यक्रममा नेपाल टेलिकम मल्टिमिडिया भ्वाइस उपाधि अरुणा लामाले प्राप्त गरिन् । त्यसैगरी मेहता कस्मेटिक्स हेल्दी स्किन तारा खनाल, मिशेलिन बेस्ट र्याम्प वाक सुम्निमा खापुङ, एआरएस डेन्टल बेस्ट स्माइल बिनिता अधिकारी, रिलायबल डायग्नोस्टिक ल्याबरोटोरी मस्ट डिसिप्लेन्ड विष्णु भण्डारी, क्याभिन्स मस्ट फ्रेन्डली कुसुम खड्का, भीनी मस्ट ट्यालेन्टेड कञ्चन झा, फ्लाइटेक इन्टरनेशनल मिसेस इको फ्रेन्डली कल्पना बिष्ट र मिलेनिया ग्लोबल ब्युटी विथ कम्प्यासन उप उपाधि शुभाना रोक्कालाई प्रदान गरिएको छ।

त्यसैगरी अयुथ वेदा बेस्ट पर्सनालिटी इमायुं राई, स्वास्थ्य श्री बेस्ट फिजिक सुमिना महर्जन, राजधानी राष्ट्रिय दैनिक इन्टलेक्चल व्युटी गंगा लामिछाने र रिबन इन्टरटेनमेन्ट मेनेजमेन्ट च्वाइस उपउपाधि सजनी जोशीले प्राप्त गरिन्।

प्रतियोगितामा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अभिनेता, रंगकर्मी तथा फिल्म निर्देशक सरोज खनाल, अभिनेत्री सनी रौनियार, मिसेस नेपाल वल्र्ड २०२३ पृथिविया थापा, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, अभिनेता, कोरियोग्राफर, लेखक तथा फिल्म निर्माता गजित विष्ट र जनरल फिजिसियन डा. कर्ट निर्णायक रहेका थिए।

Skip This
Skip This
Logo