भारतीय गीतकार शिद्धार्थ स्लाथीय क्लब डेजाभुमा

भारतीय गीतकार शिद्धार्थ स्लाथीय क्लब डेजाभुमा

केन्द्रबिन्दु
0
Shares

 

काठमाडौं । क्लब डेजाभुमा भारतीय गीतकार तथा संगीतकार शिद्धार्थ स्लाथीयको लाइभ म्युजिकल कन्सर्ट हुने भएको छ । प्रिन्स इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको उक्त म्युजिकल कन्सर्टमा २६ बर्षीय भारतका चर्चित गायक शिद्धार्थले मे २३ मा दरबारमार्गस्थित क्लब डेजाभुमा आफ्नो लाईभ म्युजिकल प्रस्तुति दिन लागेका हुन् ।

यसअघि भारतीय चर्चित गायिका मोनालि ठाकुरले आफ्नो लाइभ म्युजिकल प्रस्तुति दिएका थिए । बलिउड फिल्मका चर्चित गीतहरुको कभर भर्सनमा स्वर भरेर दर्शक तथा स्रोतामाझ लोकप्रिय बनेका गायक हुन्, शिद्धार्थ ।

मे २३ साँझ ७ बजे बाटसुरु हुने उक्त लाईभ म्युजिकल इभेन्टमा प्रवेशका लागि दर्शकहरुले रु १५ सय देखी २५ सय सम्मको टिकट काट्नुपर्ने आयोजकले जनाएको छ । लाइभ प्रस्तुतिका लागि शिद्धार्थ मे २३ कै दिन नेपाल आउने कार्यक्रम रहेको छ ।

उनले करिब १ घण्टाको पावर पर्फरमेन्स दिने छन् । शिद्धार्थ पुनः मे २४ मा भारत फकर्ने छन् । कार्यक्रमको होस्ट सृजल रुपाखेतिले गर्नेछन् भने कार्यक्रममा त्रिसन ब्याण्डको पनि लाईभ प्रस्तुति रहने आयोजक प्रिन्स इन्टरटेन्मेन्टका मिडिया कोअर्डिनेसन गरिरहेका निराजन गिरिले जानकारी दिए ।

विस्तृतमा भिडियो हेर्नुहोस्

 

Logo