काठमाडौं

३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा ६ जना बहालवाला प्रहरी अधिकारी सहित ६३ जनाविरुद्ध अदालतमा अभियोग दर्ता भएको छ । "/>

३८ क्विन्टल सुन तस्करीमा एकै समूह संलग्न !

३८ क्विन्टल सुन तस्करीमा एकै समूह संलग्न !


काठमाडौं

३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा ६ जना बहालवाला प्रहरी अधिकारी सहित ६३ जनाविरुद्ध अदालतमा अभियोग दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरूलाई संगठित अपराध अन्तर्गत सुन चोरी–तस्करी गरेको, मानव अपहरण गरी शरीर बन्धक बनाएको र कर्तव्य ज्यान अपराधमा फरक–फरक मुद्दा दर्ता गराएको हो । गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीको अनुसन्धानका आधारमा जिल्ला प्रहरीले जिल्ला अदालत मोरङमा बुधबार अभियोग दर्ता गराएको हो ।

‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी–पैठारी र चोरी–निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको अपराध गरेको आरोपमा पक्राउ परेका २९ जनासहित जम्मा ६३ जना विरुद्ध प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दर्ता गराएकोे मोरङ अदालतका स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । मुद्दा चलाइएका फरार अभियुक्तमा मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीदेखि नेपाल प्रहरीका एसएसपी श्याम खत्रीसम्म छन् ।

चूडामणि उप्रेती गोरेको समूहले जुलाई ०१५ अर्थात ०७२ को असार , साउनयता खेप–खेप गरेर ३७ लाख ९९ हजार ५६५ ग्राम अर्थात तीन हजार ७९९ किलो सुन तस्करी गरेको छानबिन समितिको ठहर छ । गोरेको नेतृत्वमा सुन तस्करीमा संलग्न सात प्रहरी अधिकारी सहित ६३ जना विरुद्ध मुद्दा, करिब तीन वर्ष सम्म उनीहरूले तस्करी गरेको सम्पूर्ण सुनको मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३० रुपैयाँ बिगो दाबी र सजायँ माग गरिएको छ ।
नयाँ पत्रिकाबाट

Logo