अब त्यो पनि अन्त्य हुनेछ : लोक तथा दोहोरी गायक चित्रसागर श्रेष्ठ

अब त्यो पनि अन्त्य हुनेछ : लोक तथा दोहोरी गायक चित्रसागर श्रेष्ठ

केन्द्रबिन्दु
453
Shares

काठमाडौँ। लोक तथा दोहोरी संगीतलाई केवल मनोरञ्जनको साधन नभएर सांस्कृतिक पहिचानको शक्तिशाली माध्यम मान्ने चर्चित गायक चित्रसागर श्रेष्ठले आफूलाई आजभोलि “आफैं सुपरहिट गायकझैँ देख्न थालेको” बताएका छन्। पर्वत महोत्सवमा दमदार प्रस्तुति दिएपछि श्रेष्ठले आफ्नो फेसवुक मार्फत यस्तो अभिव्यक्ति दिएका हुन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठले लोकदोहोरीमा आफ्नो उपस्थिति सामान्य कलाकारको हैसियतमा नभई एक प्रतिस्पर्धी शक्तिका रूपमा स्थापित हुँदै गएको दाबी गरे। “लोकदोहोरीमा बादशाहको दाबी गर्नु मेरो कुनै अहंकार होइन, निरन्तर साधना र संघर्षको आत्मविश्वास हो,” श्रेष्ठले केन्द्रविन्दुलाई भने ।

पर्वत जस्तो भौगोलिक रूपमा सानो तर सांस्कृतिक रूपमा गहिरो र विशाल उचाइको ठाउँबाट राष्ट्रिय स्तरको प्रतिस्पर्धामा उत्रिनु आफैंमा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै श्रेष्ठले केन्द्रमुखी संगीत उद्योगलाई चुनौती दिन सकिने प्रमाण आँफू बनेको दावी गरे ।

विगत देखीको उनको प्रस्तुति केवल गीत–संगीतमा सीमित छैन यो लोकजीवन, पहिचान र मौलिकताको उद्घोष बन्दै आएको छ । आलोचकहरूका लागि समेत उनको आत्मविश्वास बहसको विषय बन्दै गहिरहेको छ ।
दोविल्लामा खाजाघर सञ्चालन गर्दै लोक तथा दोहोरी गीतमा आजीवन सेवा गरेका उनै चर्चित गायक श्रेष्ठले लोकदोहोरी अब सहज, सरल र सीमित नभएको बताउछन् । एआईको जमनामा प्रतिस्पर्धामा उत्रिनु अब इतिहास बन्ने उनको ठहर छ । श्रेष्ठको यो आत्मविश्वास, दाबी र सांस्कृतिक लडाइँको स्वर राजनैतीक आडमा लोकदोहोरीमा ठेक्कापट्टा गरेर गुजरा चलाउनेका लागि खुल्ला चुनौती बनेको छ । पर्दा पछाडीका मान्छेहरु यहाँ हालिमुहाली गरिरहेछन् यो दुखको कुरा हो श्रेष्ठले भने, “अब त्यो पनि अन्त्य हुनेछ । ”

Skip This
Skip This
Logo