पर्वत महोत्सवमा बाग्लुङे गायक तेजस रेग्मी पिपलबोटे दाइ सम्झेर भक्कानिए

पर्वत महोत्सवमा बाग्लुङे गायक तेजस रेग्मी पिपलबोटे दाइ सम्झेर भक्कानिए

केन्द्रबिन्दु
30
Shares

एन.पि घायल काठमाडौं। आठौँ पर्वत महोत्सव कुस्माबजारको बडागाउँमा पौष ९ देखि १९ गतेसम्म भव्य रुपमा सम्पन्न भएको छ । महोत्सवमा लोक तथा दोहोरी संगीतका चर्चित गायक तेजस रेग्मीको प्रस्तुति विशेष आकर्षणको केन्द्र बन्यो।

महोत्सवको समापनमा मञ्चमा उभिएका गाएक रेग्मीले गीत गाउन के थालेका थिए पर्वतको लिमिठानाका पिपलबोटे दाईको सम्झनामा भावुक हुँदै आँसु झारे। उनले भने, “पर्वत मेरो जन्मभूमि मात्र होइन, मेरो आत्माको सम्बन्ध हो। पिपलबोटे दाइ यहाँ हुनुहुन्न, तर उहाँको आशिर्वाद यही मञ्चमा महसुस भइरहेको छ, म त्यहीँ पारी जैमिनी विनामारेको हुँ, मैले पर्वत बहुमुखी क्याम्पस पढेँ, पर्वत हेरेर वाल्यकाल विताएँ,बाईबाई माया,रातो डोली,भँगेरी चरी घुम पाकुम घुम,अखेटे लौरो लगायतका मेरा गीत पर्वतले जन्माएको हो ”

तेजस रेग्मीको प्रस्तुति गायन मात्र नभई एक संवेदनशील दृश्य महोत्सवमा बन्न पुग्यो । कर्णप्रिय स्वरका धनी आँफैमा गाएक, नायक रेग्मीको काँपिलोपन स्वरले रङ्गमञ्च र महोत्सवमा शब्दको गहिराई र भावनाको मिश्रणले दर्शकलाई मन्त्रमुग्ध बनायो।

सो अवसरमा बाल्दै महोत्सवको मुख्य उद्देश्य स्थानीय कला, संस्कृति र व्यवसायको प्रवद्र्धन गर्नु रहेको आयोजक ठाकुर वि. पौडेलले बताए । उनले भने, “यस महोत्सवले हाम्रो मौलिक संस्कृति, लोकपरम्परा र सिर्जनशीलतालाई उजागर गरेको छ । स्थानिय कृषक, साना उद्योग र व्यवसायीलाई प्राथमिकता दिएको छ, रेग्मी जस्ता कलाकारले मञ्च पाए हामी खुशी छौँ ।”

महोत्सवमा आयोजित खुल्ला लोक तथा दोहोरी गीत प्रतियोगितामा देशभरका कलाकार र विशेष गरी स्याङ्जा–कास्कीका प्रतिष्ठित समूहहरूले भाग लिए । प्रथम हुनेले रु १ लाख ३३ हजार, दोस्रोले रु ५० हजार र तेस्रोले रु २५ हजार पुरस्कार प्राप्त गरे।

तेजस रेग्मीको प्रस्तुति, दर्शकको लामो ताली र भावनात्मक प्रतिक्रिया सहित महोत्सवको सम्झनायोग्य क्षण बनेको फलेवासका सन्देस लम्सालले केन्द्रविन्दु लाई बताए । पर्वत महोत्सवले सांस्कृतिक समृद्धि र स्थानिय कला संस्कृती र आत्मीयताको मेल साध्ने अवसर प्रदान गरेको पर्वतवासीको भनाई छ ।

Logo