काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आफ्नो नवौँ महाधिवेशन तथा रजत जयन्ती उत्सव महोत्तरीको बर्दिवासमा आयोजना गर्ने भएको छ।
प्रतिष्ठान आगामी फागुन १ देखि ३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा जुटेको छ।
लोक तथा दोहोरी गीत–संगीतको संरक्षण, प्रवद्र्धन र कलाकारको हकहितका लागि क्रियाशील गैरनाफामूलक संस्थाको रूपमा परिचित प्रतिष्ठानको यो ऐतिहासिक अवसरलाई भव्य रूपमा मनाउने तयारी भइरहेको आयोजकले बताएका छन्। महाधिवेशनमा देशभरका कलाकार, सर्जक, संगीतकर्मी तथा प्रतिनिधिहरूको सहभागिता जनाउनेछन् ।
तीनदिने कार्यक्रममा महाधिवेशन, सांस्कृतिक प्रस्तुति, सम्मान तथा विविध सांगीतिक कार्यक्रम समावेश गरिने जनाइएको छ ।
यस्तै, महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्व कसले सम्हाल्ने भन्ने विषयले लोकदोहोरी क्षेत्रमा चासो बढेको छ। वर्तमान वरिष्ठ उपाध्यक्ष तथा चर्चित गायक पशुपति शर्मा प्रमुख दाबेदारका रूपमा हेरिएका छन्।
प्रतिष्ठानमा करिब ३० हजार साधारण सदस्य र ३ हजार आजीवन सदस्य छन्। जिल्ला, प्रदेश, उपत्यका र विदेशसहित १ सयभन्दा बढी शाखा समिति सञ्चालनमा छन्, जसले नेतृत्व प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।





























प्रतिक्रिया