काठमाडौं
चर्चित नेपाली गायक प्रमोद खरेल सर्वाधिक पुरस्कार राशी रहेको नेपाली क्रिकेट प्रतियोगिता रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) –२ को गुडविल एम्बास्डर बनेका छन् । "/>

धनगढी प्रिमियर लिगको गुडविल एम्बास्डरमा गायक प्रमोद खरेल

धनगढी प्रिमियर लिगको गुडविल एम्बास्डरमा गायक प्रमोद खरेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
चर्चित नेपाली गायक प्रमोद खरेल सर्वाधिक पुरस्कार राशी रहेको नेपाली क्रिकेट प्रतियोगिता रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) –२ को गुडविल एम्बास्डर बनेका छन् ।आयोजक धनगढी क्रिकेट एकेडेमीले आज एक विज्ञप्ति जारी गर्दै गायक खरेल डीपीएलको गुडविल एम्बास्डरमा भएको जनाएको छ । डीपीएल–२ चैत्र १७ गते देखि धनगढीमा सुरु हुँदैछ । खरेलको डीपीएलको उद्घाटन समारोहमा विशेष प्रस्तुती पनि रहने एकेडेमीले जनाएको छ । यसअघि डीपीएलको शीर्ष गीतमा खरेलले स्वर दिएका थिए ।

डीपीएल प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढीले सहभागिता जनाउँदैछन् । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २५ तथा उपविजेताले १० लाख पाउँनेछन् । यस्तै तेस्रो हुने टीमले ३ लाख तथा चौथो हुने टोलीले २ लाख पुरस्कार पाउने छन् ।

Skip This
Skip This
Logo