हिरो भन्नसाथ चकलेटी फेस, हट्टाकट्टा ज्यान, सुकिलो गेटअपको विम्व बन्छ । तर यी हिरोको रुपरंग यस्तो छ, जसलाई देखेर तपाई चकित हुनुहुनेछ । "/>

यस्ता रुपरंगका अलोम कसरी सुपरस्टार भए ?

यस्ता रुपरंगका अलोम कसरी सुपरस्टार भए ?

केन्द्रबिन्दु
0
Shares

हिरो भन्नसाथ चकलेटी फेस, हट्टाकट्टा ज्यान, सुकिलो गेटअपको विम्व बन्छ । तर यी हिरोको रुपरंग यस्तो छ, जसलाई देखेर तपाई चकित हुनुहुनेछ । हुन त उनको चर्चा केहि समयअघि व्यापक रुपमै भएको हो । अहिले फेरी उनी चर्चामा आएका छन् । नाम हो, अलाम । अर्थात अलोम बोगरा । बंगलादेशमा उनी एकदमै फेमस छन् । त्यती मात्र होइन, उनलाई बंगलादेशमा सुपरस्टार भनिन्छ ।

अलोम कति लोकप्रिय छन् भने उनको नाममा केहि फेसबुक फ्यान पेज पनि बनेको छ । सामाजिक संजालमा उनलाई पच्छ्याउने हजारौं छन् । जुलाई २०१७ मा मीरपुरको शेर ए बंग्ला स्टेडियममा अलोम बस्थे । त्यसबेला मिडिया एवं सबै व्यक्ति अलोमका नजिक थिए । बंगलादेशी टिमले देखे कि, त्यहाँ हरेक व्यक्ति मोवाइलमा अलोमसँग सेल्फी लिइरहेका छन् ।

बंगलादेशका क्रिकेट टिमका प्लेयर तस्कीन अहमदले भने, ‘अलोम हाम्रो लागि फेवरेट हिरो हुन् ।’ अर्का क्रिकेटर मुश्तफिकुर रहीमले पनि भने, ‘अलोम हाम्रो एक मात्र हीरो हुन् ।’

अलोम सबै सेलिब्रेटीका समेत हिरो हुन् । तर उनको रुपरंग हाँस उठ्दो छ । ज्यान सानो छ । दाँत निस्किएको छ । कुनै समय उनी क्यासेट बेचेर बिक्री गर्थे । उनी गरिब परिवारमा जन्मिएका हुन् ।

गरिबीको कारण अलोमले पढाई छाडेर क्यासेट बिक्री गर्न थालेका थिए । पछि उनले सिडी क्यासेटकै बिजनेस चलाए । त्यसबाट निकै राम्रो आर्जन पनि गरे । एक पटक उनले क्यासेटमा मोडलको फोटो देखे । त्यसपछि उनलाई पनि मोडल बन्न मन लाग्यो । २००८ मा उनले म्युजिक भिडियो बनाएर र त्यसमा मोडलिङ गरे ।

मानिसहरुले उनको भिडियो मन पराए । उनी विस्तारै विस्तारै लोकप्रिय भए । केहि समयपछि उनको भिडियो युट्युवमा भाइरल भयो । त्यसपछि उनलाई अफर पनि आउन थाल्यो । यसरी अलोम बंगलादेशको सुपरस्टार भए ।

Logo