एकल खुट्टा नृत्यागंना निलम ढुंगानाको डिभोर्स

एकल खुट्टा नृत्यागंना निलम ढुंगानाको डिभोर्स

केन्द्रबिन्दु
0
Shares

फ्रेब्ररीको महिना, संसार भरी प्रेम दिवसको रौनक चलिरहेको समय । युवा प्रेमी जोडीहरुको पर्व ‘भ्यालेन्टाइन डे’–फरवरी–१४ लाई साप्ताहिक रुपमा मनाउने एक किसिमको लहर चलिरहेको बेलामा फेरि एक कलाकारको सम्बन्ध विच्छेद भएको खवर प्राप्त भएको छ । लगातार आइरहेका कलाकारहरुका सम्बन्ध बिच्छेदका खवरले यो २०७४ साल सबैभन्दा धेरै कलाकार जोडीहरुको सम्बन्ध टुक्रिएको बर्षको रुपमा चिनिन पुग्ने देखिन्छ ।

एक खुट्टाले नृत्य गर्ने चर्चित नृत्यांगना नीलम ढुंगाना र उनका श्रीमान देवेन्द्र बस्नेतले दस बर्ष लामो बैबाहिक जीवनको सहयात्रा टुङ्याउने घोषणा सामाजिक संजाल मार्फत गरेका छन् ।

केही समय अगाडि देवेन्द्र बस्नेतले उनकी श्रीमती कलाकार निलम ढुंगानाले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत मोरङमा हालेको फिरादपत्रको फोटोको क्यापसनमा ‘द ईन्ड’ लेखेर फेसबुक मार्फत सार्वजनिक गरेका थिए ।

कलाकार निलम ढुंगानाले अदालतमा दर्ता गराएको फिराद पत्रमा यस्तो आरोप उल्लेख छ, – ‘आफु कलाकारिताको सिलसिलामा बाहिर समाजसंग घुलमिल हुन आवश्यक रहेको तर आफ्नो श्रीमानको अत्यन्तै शंका गर्ने बानी र संकिर्ण सोच भएको कारण साधारण कुराहरुमा समेत आफ्नो गम्भीर रुपमा अपमान हुने ब्यबाहार गरेको, श्रीमानले आफुलाई काम गर्न नदिएको, अनावश्यक दवाव संगै मानसिक तनाव दिएको र घर निकाला गरेको साथै विभिन्न तरिकाबाट धम्क्याउने गरेको कारण आफ्नो श्रीमान बाटै आफ्नो जिउ ज्यानलाइ खतरा रहेको भन्दै जिउ ज्यानको समेत रक्षा गरिपाउ’ भनी उल्लेख गरेकी थिइन ।

त्यही फिरादपत्रलाई उनका श्रीमान देवेन्द्र बस्नेतले ‘द इन्ड’ क्याप्सन राखेर सार्वजानिक गर्दै सम्बन्ध सकिएको घोषणा गरेका थिए । यो खबरका बारेमा नृत्याङना निलम ढुंगानासंग कुरा गर्न खोज्दा अहिले यो बिषयमा आफु केही बोल्ने अवस्थामा नरहेको कुरा बताईन ।

हाल निलम आफ्नी छ महिनाकी छोरी लिएर माइत बस्दै आएकी छिन् ।

 

 

 

Logo