काठमाडौं
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको सिट बाँडफाँट गरेको छ । आयोगले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित हुने १ सय १० सिट नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाललाई बाँढेको हो । "/>

प्रतिनिधिसभा समानुपातिक सिट बाँडफाँड

प्रतिनिधिसभा समानुपातिक सिट बाँडफाँड


काठमाडौं
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको सिट बाँडफाँट गरेको छ । आयोगले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित हुने १ सय १० सिट नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाललाई बाँढेको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले आज (शुक्रबार) दलहरूलाई बाँडफाँट बमोजिमका सिटमा समावेशी र लैंगिक सन्तुलन मिलाएर नामावली पठाउन पत्राचार गरिने बताए । ‘आज भ्याइएन, भोलि दलहरूलाई पत्र पठाउँछौं ,’ बिहीबार साँझ प्रवक्ता ढकालले भने । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ सदस्य प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भइसकेका छन् । समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको सिट संख्या यसअघि नै सार्वजनिक भइ सकेको थियो ।

एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले ६/६ सिट पाएका छन् । तर आयोगले सिट बाँडफाँट औपचारिक रूपमा भने सार्वजनिक गरेको छैन । यता प्रत्यक्षतर्फ एमालेले ८०, कांग्रेसले २३, माओवादीले ३६ राजापाले ११ र संघीय फोरमले १० सिट जितेको थियो । २४ माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि एमालेले सबैभन्दा धेरै सिट जितेको छ । राष्ट्रिय सभाको कूल निर्वाचित ५६ सदस्य मध्ये एमालेले २७, कांग्रेसले १३, माओवादी केन्द्रले १२, राजपाले २ र संघीय फोरमले २ सिट जितेका छन् ।
राजधानीबाट

Logo