अभिनेत्री काजोलसँग शाहरुख खानको जोडी बलिउडमा खुब जमेको थियो । उनीहरुको अफेयर रहेको समेत अनुमान गरिन्थ्यो । तर पछि काजोलले अजय देवगनलाई रोजिन् । "/>

काजोल किन डरलाग्दो किताब पढ्छिन् ? यस्तो छ उनको भित्री कथा

काजोल किन डरलाग्दो किताब पढ्छिन् ? यस्तो छ उनको भित्री कथा

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री काजोलसँग शाहरुख खानको जोडी बलिउडमा खुब जमेको थियो । उनीहरुको अफेयर रहेको समेत अनुमान गरिन्थ्यो । तर पछि काजोलले अजय देवगनलाई रोजिन् । अहिले उनीहरुको छोरा–छोरी हुर्किसकेका छन् ।

कमैलाई थाहा होला काजोलकी अभिनेत्री रत्ना बाइकी पनाती हुन् । काजोलकी आमा पनि हिरोइन थिइन् । उनकी आमाको नाम हो तनुजा । बुवा सोमू मुखर्जी पनि फिल्म निर्माता तथा निर्देशक नै हुन् । काजोलको आफन्त सबै फिल्मी क्षेत्रमा नै छन् ।

काजोलले किशोर उमेरबाट फिल्मी करियर सुरु गरेकी थिइन् । उनले जतिबेला फिल्म बेखुदीमा डेब्यु गर्दै थिइन, त्यसबेला उनको उमेर १६ बर्षको थियो । त्यसपछि उनले बाजिगरमा काम गरिन् । फिल्म बाजिगरमा प्रिय चोडकाको भूमिकाको निम्ती निर्देशकले श्रीदेवीलाई लिन चाहन्थे । तर, उनीसँग समय नभएकाले काजोललाई यसमा लिइयो । यो फिल्म सुपरहिट भयो ।

कजोल बलिउडकी एक्ली यस्ती अभिनेत्री हुन्, जसले नेगेटिभ रोलका लागि पनि फिल्मफेयर अवार्ड पाएकी थिइन् । काजोल शिवभक्त हुन् । उनी जहिलेपनि ओम अंकित औंठी लगाउँछिन् । काजोल कविता लेख्न, विज्ञानमा आधारित डरलाग्दो उपन्यास पढ्न रुचाउँछिन् । सेटमा अक्सर उनको हातमा किताब हुन्छ ।

 

Logo