नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक बाबा पाख्रीनले नयाँ गीत ‘कतारको पिलेन’ बजारमा ल्याएका छन् । नेपाली युवाहरुको विदेशिनुपर्ने बाध्यतामा आधारित रहेर तयार पारिएको गीतले हरेक नेपालीको पिडा बोलेको छ । आफ्नो देश आमा बाबा र प्रियसीलाई छाडेर परदेश लाग्दै गर्दा उक्त मानिसको मनमा के–कस्ता भावनाहरु बहने गर्छन् भनि गीतले प्रष्ट्याएको छ ।
गीतको भिडियोमा लक्ष्मी बर्देवा र प्रहलाद चौलागाईंलाई फिचरिङ गरिएको छ भने बाबालाई गायनमा प्रश्ना शाक्यले साथ दिएकी छिन् । गीतको शब्द, संगीत, एरेन्ज गायक स्वयमको रहेको छ । गीतको मिक्सिङ मास्टरिङ किशोर थापाले सम्हालेका छन् । वुद्ध थापाले खिचेको गीतको भिडियोलाई सशान कँडेलले निर्देशन गरेका छन् ।
यस अघि पनि बाबाले थुप्रै गीतहरु दर्शकमाझ पस्किसकेका छन् । तीमध्ये तु–तारे, जाने बेलामा, हातै काटी, हरपल लगायतका गीतहरु चर्चित छन् ।
भिडियाे:





























प्रतिक्रिया