‘हेरिटेज अफ फेसन नेपाल’– सिजन २ पोखरामा आयोजना हुने

‘हेरिटेज अफ फेसन नेपाल’– सिजन २ पोखरामा आयोजना हुने


‘हेरिटेज अफ फेसन नेपाल सिजन २’को आयोजना पोखरामा हुने भएको छ। दुवई, युरोप र अष्ट्रेलियामा समेत आयोजना हुने उक्त फेसन शो आउँदो जेठ २२ गते सभ्य र भव्यताका साथ पोखरामा आयोजना गरिने आयोजक सन्तोष अधिकारीले बताए।

‘हेरिटेज अफ फेसन नेपाल सिजनको २’को हाल धमाधम तयारी भइरहेको छ । शोको आयोजक अधिकारीका अनुसार अष्ट्रेलियाको सम्पूर्ण तयारी सकेर नेपाल फर्किएका हुन्। हाल नेपालमा दोस्रो लहरको कोरोना जोखिम बढेकाले थोरै जनशक्तिको सहभागीतामा उत्कृष्ट कार्यक्रम गरिने तयारी भइरहेको अधिकारीले जानकारी दिए। 

फेसन शोमा नेपाली तथा विदेशी मोडलहरुको उल्लेख्य सहभागीता रहनेछ । कोरोनाले विश्व नै आक्रान्त बनेको बेला नेपाली कला र संस्कृतीलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकका भनाइ छ। यसअघि मार्च १५ मा आयोजना हुने भनिएको कार्यक्रम कोरोनाकै कारण पछि धकेलिएको थियो।

Logo