गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । संक्रमणसँगै शरीरमा अक्सिजनको मात्रा कमी भएपछि श्रेष्ठलाई शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको गायक प्रमोद खरेलले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।
प्रमोदका अनुसार अहिले श्रेष्ठको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। गायक श्रेष्ठलाई शुभेच्छुकहरुले शिघ्रस्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
प्रतिक्रिया