वैवाहिक बन्धनमा गायिका थापा र नेता ढकाल

वैवाहिक बन्धनमा गायिका थापा र नेता ढकाल

केन्द्रबिन्दु
0
Shares

चर्चित लोकगायिका शकुन्तला थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता सुदीप ढकाल वैवाहिक बन्धनमा बाँधिएका छन्। उनीहरुले शुक्रबार विवाह गरेका हुन्।

कुनै समय सांगितिक क्षेत्रमा चर्चित गायिका थापा पछिल्लो समय इटालीमा बस्दै आएकी थिइन्। केही समय अघि नेपाल आएकी उनले  शुक्रबार विवाह गरेकी हुन् ।

स्याङ्जा निवासी गायिका थापा पछिल्ला दिनहरुमा भने सांगितिक क्षेत्रमा त्यति सक्रिय छैनन् । यता गोरखा निवासी नेता ढकाल भने राप्रपाको राजनीतिमा सक्रिय रहेका छन्।

गायिका थापाका रातो पछ्यौरी, जड्याहा पोइ, ट्यानकुटी झ्याईं लगायतका थुप्रै गीत चर्चामा छन्। 

Skip This
Skip This
Logo