जन्मदिनमा रक्षासँग ‘मञ्जुरी’ सार्वजनिक गर्दै जिग्री

जन्मदिनमा रक्षासँग ‘मञ्जुरी’ सार्वजनिक गर्दै जिग्री


चर्चित हास्य कलाकार कुमार कट्टेल 'जिग्री'ले पहिलो पटक आफ्नै स्वर रहेको गीत सार्वजनिक गर्ने भएका छन्। साउन ४ गते जन्मदिनको अवसर पारेर उनले उक्त गीत सार्वजनिक गर्ने तयारी थालेका हुन्। उनले 'मञ्जुरी' नामको गीत सार्वजनिक गर्दैछन् ।

मायाप्रेममा आधारित रहेर तयार पारिएको गीतमा शब्द, लय र संगित भीम विसीको रहेको छ। यस्तै स्वर कुमार कट्टेल 'जिग्री' र मेलिना मैनालीको छ। गीतको भिडियो निर्देशन दीपक आचार्य 'काकु'ले गरेका छन् भने अभिनय कुमार स्वयं र रक्षा श्रेष्ठले गरेका छन्। गीतको सम्पादन प्रविन भट्टले गरेका छन्।

गीत रोमान्टिक रहेको र अहिलेको मौसम अनुसार सुन्न सकिने कुमारले केन्द्रबिन्दुलाई जानकारी दिएका छन्। 'पहिलो प्रयास हो दर्शकहरुले मन पराउनु हुनेछ भन्ने आशा छ' , कुमारले भने।

Logo