‘आशा’ बोलको नयाँ गीत लिएर आए प्रमोद खरेल (भिडियोसहित)

‘आशा’ बोलको नयाँ गीत लिएर आए प्रमोद खरेल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

चर्चित गायक तथा द भ्वाइस अफ नेपालका निर्णायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ। बुधबार उनले आफ्नै युटुयब च्यानलमार्फत ‘आशा’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन्। 

गायक खरेल स्वयंले म्युजिक भिडियोमा अभिनय गरेका छन्। भिडियोमा उनलाई कलाकार स्नेहा थापाले अभिनयमा साथ दिएकी छिन्। शब्द संगीत पनि प्रमोदकै रहेको उक्त भिडियो मनोजले निर्देशन गरेका छन्। अर्जुन तिवारी एण्ड टिमले पोष्ट प्रोडक्शन गरेको उक्त गीतमा सञ्जिव बराईलीले म्युजिक एरेन्ज गरेका छन्।

धेरै समयको अन्तरालमा आफ्नै युट्युव च्यानलमा ल्याइएको यस गीतको भिडियो छायांकन भने पेप्सीकोलाको टाउन प्लानिङमा गरिएको छ। यो समाचार तयार पार्दासम्म गीतले युट्युवको २५ नं. ट्रेडिङमा स्थान बनाएको छ। गीत यस्तो छः

 

Logo