गायिका समीक्षा अधिकारीका निराशा झल्कने फेसबुक स्टाटसहरु…

गायिका समीक्षा अधिकारीका निराशा झल्कने फेसबुक स्टाटसहरु…


गायिका समीक्षा अधिकारीले जीवनप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । पछिल्लो समय यौन दुर्व्यवहारसम्बन्धी एक मुद्दा उठाएकी उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै जीवन सहज नभएको बताएकी छन् ।

समीक्षाले पोष्ट गरेका तस्बिर र स्टाटसमा हाँसो र खुशीबीच तुलना गरेको पाइन्छ । गाउँको झल्को दिने उनका तस्बिरमा समीक्षा एकाधमा हाँसेकी छन् भने केहीमा उदास देखिन्छिन् । सोमबार उनले आफ्नो पोष्टमा लेखेकी छन्, "जिन्दगी, न मैले सोचे जस्तो तँ रहिस्, न तैँले सोचे जस्ती म नै रहेँ……, तर हामी एकसाथ जिइरहेछौँ।।।" 

समीक्षाले आइतबार बिहान पनि मन्द मुस्कानसहितको तस्बिर पोष्ट गर्दै लेखेकी थिइन्, "जिन्दगी त एक पाठशाला रहेछ, जहाँ जिन्दगी स्वयम् पढिरहेछ।।।"

शुक्रबार 'प्रोफाएल पिक्चर' परिवर्तन गर्दै समीक्षाको फेसबुक स्टाटसमा भनिएको छ, "गतिशील जीवनमा हाँसो, खुसी, पीडा, रोदन सबैले उत्तिकै अर्थ राख्दारहेछन्।।।"

कुनै समयकी व्यस्त गायिका समीक्षाको पछिल्लो ३ महिनायता कुनै नयाँ गीत सार्वजनिक भएको छैन । झण्डै एक महिनाअघि उनले 
"तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु 
तिम्रो लागि आफैलाई  दुखमा पार्न सक्छु 
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म 
त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु…" शब्द रहेको गीतमा काम भइरहेको भन्दै स्टाटस पोष्ट गरेकी थिइन् तर उक्त गीत अहिलेसम्म बजारमा आएको छैन ।


 
आफ्नो फेसबुक पेजमा गत जेठ १ गते कालो टी-सर्ट र कालै क्याप अनि फिका निलो रंगको जिन्सको पाइन्ट लगाएर भावुक मुद्रामा देखिएको तस्बिर पोष्ट गर्दै समीक्षाले लेखेकी छन्, "हर कोहिको नजरमा राम्रो बन्न त सकिदैन । बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न  नपरोस् ।" 

( तस्बिर : समीक्षा अधिकारीको फेसबुकबाट )

Logo