हाम्रो कला हाम्रो संस्कृति २०७९’ तथा स्वर्ण महोत्सव काठमाडौंमा सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार साँझ भएको सो कार्यक्रम प्रभाकरदेव शर्माको कलाकारिता यात्रा ५० वर्ष पुगेको अवसरमा केन्द्रित रहेको थियो ।
कार्यक्रममा हास्यकलाकार प्रभाकरदेव शर्माले आफ्नो यात्राको बारेमा एउटा भिडियो मार्फत प्रस्तुत गरेका थिए ।
महोत्सवमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठ लगायत गायक मुरलीधर, रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरूप आचार्य, अर्जुन रसाइली, प्रितम आचार्य, लोकदोहोरी गायिका राधिका हमाल, गायिका एलिना चौहान, शैलेन्द्र सिम्खडा, कलाकार जोगिन्द्र (पानवाला) लगायतको उपस्थिति तथा प्रस्तुति थियो ।
कलाप्रकाशित: ७ असार २०७९ १५:१४ मंगलबार