यस्तो भ्यागुता जसले आफ्नो पिसाब आठ महिनासम्म रोक्न सक्छ !

यस्तो भ्यागुता जसले आफ्नो पिसाब आठ महिनासम्म रोक्न सक्छ !


अलास्कामा पाइने एक प्रकारको भ्यागुता (उड फ्रग) आफ्नो पिसाब आठ महिनासम्म रोकिराख्न सक्छ । ती भ्यागुताले यसो गर्नुको मुख्य कारण जाडो मौसममा आफुलाई न्यानो बनाईराख्न मद्दत गर्छ । 
 

तिनीहरूको छालामा रहेका विशेष सूक्ष्मजीवहरूले उनीहरुको युरिनलाई पुनः प्रयोग गर्न मद्दत गर्छन्, मंगलबार जर्नल प्रोसिडिङ्स अफ द रोयल सोसाइटीमा सो सोध प्रकाशित गरिएको थियो । 
अध्ययनका सह–लेखक जोन कोस्टान्जो, ओहायो मियामी विश्वविद्यालयका प्राणी शास्त्रीका अनुसार्र  भ्यागुताको आँखा सेतो, शरीर चिसो र जाडोमा तिनीहरू कुनै साना चट्टानहरू जस्तै बन्छन् । 

यस्तो अवस्थामा ती भ्यागुता नभएर मानव भएका भए तिनीहरूलाई मरेको मान्न सकिन्थ्यो ।
‘एक पटक तापक्रम तातो हुदै गएपछि, तिनीहरू फेरि जीवित हुन्छन । यो जातका भ्यागुताहरू सम्पूर्ण अमेरिका र अलास्कामा बस्छन् । अलास्कामा बस्ने भ्यागुताहरूको तापक्रम शून्य डिग्री र केहिको त माइनस १८ डिग्री सेल्सियस जति चिसो हुन्छ, उनले भने ।’
 

Logo