जोनी वेरिस्टोको शतकीय पारिमा पञ्जावले बनायो टी–२० इतिहासकै सर्वाधिक रन चेजको रेकर्ड  

जोनी वेरिस्टोको शतकीय पारिमा पञ्जावले बनायो टी–२० इतिहासकै सर्वाधिक रन चेजको रेकर्ड  

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा पञ्जाव किंग्सले सर्वाधिक धेरै रन चेस गरेर रेकर्ड कायम गरेको छ । शुक्रबार राति कोलकाता नाइट राइडर्सले दिएको २६२ रनको विशाल लक्ष्य पञ्जावले ८ बल बाँकी हुँदै २ विकेट गुमाएर पूरा गरेको थियो । पञ्जावलाई ८ विकेटको शानदार जित दिलाउन लागि जोनी वेरिस्टोले शतकीय पारि खेल्दा प्रभसिमनर सिंह र शशांक सिंहले अर्धशतकीय पारि खेले ।

विशाल लक्ष्य पछ्याउने क्रममा पञ्जावले राम्रो सुरुआत गरेको थियो । पहिलो विकेटका लागि प्रभसिमरन र जोनी वेरिस्टोले ६ ओभरमा ९३ रनको ठोस साझेदारी गरेका थिए । २० बल खेलेका प्रभसिमरन ५४ रन बनाएर रनआउटको सिकार भए । उनले पाँच छक्का र चार चौका प्रहार गरे । त्यसपछि रिले रुसोसँग वेरिस्टोले पारि खघि बढाए । रुसो १६ बलमा २६ रन बनाएर आउट हुँदा दुई छक्का र एक चौका प्रहार गरे ।

त्यसपछि शशांक सिंह र जोनी वेरिस्टोले पञ्जावलाई जित दिलाए । वेरिस्टोले ४८ बलमा १०८ रनको नटआउट शतकीय पारि खेले । उनले नौं छक्का र आठ चौका प्रहार गरे । यस्तै, २८ बलमा ६८ रन बनाएका शशांकले आठ छक्का र दुई चौका प्रहार गरे । कोलकाताका सुनिल नारेनले एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा ६ विकेट गुमाएर २६१ रन बनाएको थियो । कोलकाताले उत्कृष्ट सुरुआत गरेको थियो । १०.२ ओभरमा ओपनरद्वय फिल साल्ट र सुनिल नारेनले १३८ रनको साझेदारी गरको थिए । नारेन ३२ बलमा ७१ रनको पारि खेल्दै आउट भए । उनले चार छक्का र नौं चौका प्रहार गरे । यस्तै, फिल साल्टले ३७ बलमा ७५ रन जोड्दा छ छक्का र छ चौका प्रहार गरेका थिए । बेंकटेश अय्यरले २३ बलमा ३९ रन जोड्दा कप्तान श्रीयस अय्यरले १० बलमा २८ रन बनाए । यसैगरी आन्द्रे रसेलले १२ बलमा २४ रन जोडेका थिए ।

पञ्जावका अर्षदीप सिंहले दुई विकेट लिए ।  शुक्रबार रातिको जितसँगै पञ्जाव नौं खेलबाट छ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ भने पराजित भएको कोलकाता नाइट राइडर्स आठ खेलबाट १० अंकसहित तालिकाको दशौं स्थानमा छ ।

Logo