नवगायक करण राईको एकल गिती एल्बम ‘द काइट्स’ सार्वजनिक

नवगायक करण राईको एकल गिती एल्बम ‘द काइट्स’ सार्वजनिक


नवगायक करण राईको एकल गिती एल्बम ‘द काइट्स’ बिमोचन भएको छ । 

काठमाडौं अनामनगरस्थित सिलौटो कटेजमा आयोजित कार्यक्रममा करण राईको गिती एल्बम ‘द काईट्स’ वरिष्ठ गायक गणेश रसिक, निर्देशक तथा गीतकार प्रकाश आङ्देम्बेले तथा विशेष अतिथिका रुपमा गायक राजेश पायल राई, अभिनेता दयाह्याङ राई र गायिका झुमा लिम्बुको उपस्थितिमा बिमोचन गरिएको हो । 

एल्बम सार्वजनिक कार्यक्रममा नवगायक करणले आफ्नो एल्बमा समेटिएको दुईवटा गीत ‘माया त धेरै लाग्छ तिम्रो’ र ‘हामी चङ्गा हौं ’ गीत प्रत्यक्ष 
(लाईभ) प्रस्तुत गरेका थिए । बाल्यकालदेखि नै गीतसंगीतमा चासो राख्ने करण राई शरणार्थी शिबिरमा जन्मे हर्केका र हाल अमेरिकामा बस्छन् । देशको माया र संगीत तर्फको रुचीका कारण उनले द काइट्स एल्बम काठमाडौंबाटै नेपाली बजारमा ल्याएका हुन् ।

कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले नवगायक करण राईको स्वर राम्रो लागेको र उनी जुनसुकै ठाँउमा जन्मेका भए पनि उनको क्षमता र कर्मले उनको अस्तित्व कायम गर्ने कुरा बताए । यस्तै नायक दयाह्याङ राईले करणले गाएको चङ्गा गीत धेरै पटक सुनेको र बडो रमाइलो लागेको बताए ।

द काइट्स एल्बममा ९ वटा गीत समावेश गरिएको छ । एल्बमको एक गीत ‘फुलै राम्रो’ मा करणलाई गायिका मेलिना राईले साथ दिएकी छन् । गिती संग्रहभित्र प्रकाश आङ्देम्बे, डम्बर नेपाली, धरारानी, थुक्तेन डुक्पा र सपना भुजेलको शब्द र देबेश राई, डम्बर नेपाली र महेन्द्र राईको संगीत रहेको छ । 

Logo