शिक्षा क्षेत्रमा ४० वर्षदेखि योगदान पुर्‍याउँदै आएको कलेज ‘भीएस निकेतन’ (भिडियाे)

शिक्षा क्षेत्रमा ४० वर्षदेखि योगदान पुर्‍याउँदै आएको कलेज ‘भीएस निकेतन’ (भिडियाे)


शिक्षाका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएको चिरपरिचित शैक्षिक संस्था हो, भीएस निकेतन स्कूल । एसएलसीको उत्कृष्ट १० नतिजाभित्र लामो समय एकछत्र राज गर्न सफल स्कूल भीएस निकेतन, फाउण्डर प्रिन्सिपल स्व.डा. बाबुराम पोखरेलले २०३८ सालमा स्थापना गरेका हुन्। आफ्नो सम्पूर्ण जीवन नेपालको शिक्षा क्षेत्रको विकासमा खर्चिनु भएका स्वर्गीय पोखरेलको अथक  प्रयास र लगनशिलतालाई भीएस निकेतनले मात्र हैन शिक्षाप्रेमी जो कोहीले भुल्न सक्दैनन्।  

शिक्षण क्षेत्रमा चार दशकको अनुभव बोकेको भिएस निकेतनमा कक्षा १२ सहित बीबीए र एमबीएमा अध्यापन गराइन्छ । पोखरा युनिभर्सिटिबाट सम्बन्धन प्राप्त कलेजमा अनुभवी अध्यापकबाट पढाई हुन्छ । २०५७ सालबाट ब्याचलर अफ विजनेश एड्मिनिस्ट्रेशनको पढाई सुरु भएको यस कलेजमा अहिले बीबीएको २१औं ब्याज सञ्चालन भइरहेको छ । 

कलेजका प्रिन्सिपल गोपाल सिंह भन्छन्, 'विद्यार्थीलाई आजको युग आजको माग मार्केटको डिमान्ड अनुसार भविष्यमा हुनुपर्ने म्यानेजरमा जतिपनि क्वालिटीको कुराहरु छ उसलाई प्राथमिकता दिएर अध्ययन अध्यापन गर्ने गराउने कार्यहरु भैरहेको छ ।' 

प्रोफेशनल जनशक्ति तयार गर्नु यस कलेजको पहिलो उद्देश्य हो । यही उद्देश्य प्राप्तीका लागि यस कलेजले पछिल्ला परीक्षामा शतप्रतिशत नतिजा ल्याइरहेको छ, त्यो पनि उत्कृष्ट अंकसहित । सुलभ शिक्षा दिने गरी भीएसमा ४ वर्षे बीबीए र एमबीए प्रोग्राम सञ्चालन भइरहेको छ। जुनसुकै संकायबाट आउने विद्यार्थीलाईसमेत बीबीए प्रोग्राममा भर्ना लिने गरेको यस कलेजमा ७७ वटै जिल्लाबाट अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन् । यस कलेजको बीबीए प्रोग्रामका लागि सुविधा सम्पन्न आफ्नै भवन छ । 

प्रोफेशनल जनशक्ति तयार गर्नु यस कलेजको पहिलो उद्देश्य हो । यही उद्देश्य प्राप्तीका लागि यस कलेजले पछिल्ला परीक्षामा शतप्रतिशत नतिजा ल्याइरहेको छ, त्यो पनि उत्कृष्ट अंकसहित । सुलभ शिक्षा दिने गरी भीएसमा ४ वर्षे बीबीए र एमबीए प्रोग्राम सञ्चालन भइरहेको छ।

अध्ययनका क्रममा मात्र हैन, भीएसले बिभिन्न एक्टिभिटिजमा पनि प्रविधिको उच्चतम प्रयोग गर्ने गरेको छ । सम्बन्धित कोर्षमाथि कक्षा कोठामै छलफल गराएर पढाईको क्रम सुरु गर्नु यो कलेजको अर्को प्रशंसनीय पक्ष हो। मार्केटको मागबारे जानकारी गराउन भीएस कलेजले विद्यार्थीहरुलाई बिभिन्न क्षेत्रको भ्रमण गराउने गरेको छ। जसले अध्ययनलाई व्यवहारिक बनाउन मद्दत मिल्ने गरेको छ।  

बीबीए अध्ययनका क्रममा बढीमा २ महिना इन्टर्नसिप अनिवार्य हुन्छ । जसले विद्यार्थीलाई अध्ययन पूरा हुनु अगावै प्रोफेसनल बनाउन मद्दत पुर्‍याउँछ। विद्यार्थीलाई इन्टर्नसिप गर्न अप्ठ्यारो वा नपाउने परिस्थितिमा यस कलेजले त्यसको चाँजोपाँजो मिलाइदिने गरेको छ। विद्यार्थी काम गर्न इच्छुक रहेको अवस्थामा जब प्लेसमेन्टका लागि भिएसले प्रतिष्ठित अर्गनाइजेसनसँग समन्वय पनि गरिदिन्छ। 

भीएस कलेजको शिक्षण शैलीप्रति विद्यार्थी पनि सन्तुष्ट छन्। उनीहरु आफूले रोजे जस्तै अध्ययन संस्था पाएकोमा खुशी छन्। 

विद्यालय दोस्रो घर हो । घर बाहेक हरेक विद्यार्थीले बढी समय विद्यालयमा बिताउँछन् । यो भीएस निकेतन कलेजले हरेक विद्यार्थीलाई पारिवारिक वातावरणमा अध्ययन गराउँदै आएको छ । शिक्षाको क्षेत्रमा ४० वर्षदेखि योगदान पुर्‍याउँदै आएको यस भीएस निकेतन, विद्यालयदेखि कलेजसम्म उच्च शिक्षामा अब्बल जनशक्ति उत्पादनको ग्यारेन्टी दिन्छ। 

 

 

चार दशकदेखिको साथ, 'भीएस निकेतन' || VS Niketan College

७७ वटै जिल्लाका विद्यार्थीको रोजाइमा पर्ने कलेज, 'भीएस निकेतन' जुनसुकै संकायबाट आउने विद्यार्थीलाई समेत बी.बी.ए प्रोग्राममा भर्ना लिने गरेको भीएस निकेतनमा ७७ वटै जिल्लाबाट अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन् । शिक्षाको क्षेत्रमा ४० वर्ष देखि योगदान पुर्‍याउँदै आएको यस भीएस निकेतन, विद्यालयदेखि कलेजसम्म उच्च शिक्षामा अब्बल जनशक्ति उत्पादनको ग्यारेन्टी दिन्छ । Contact Phone no : 01-4111899, 4111602 Email :[email protected] Location: Minbhanwan, Kathmandu #vsniketancollege #bestbbaCollege #bestmanagementcollege #ktmbestcollege #vscollege

Posted by Kendrabindu – केन्द्रबिन्दु on Tuesday, January 11, 2022

Logo