स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने कलेज, ‘सेन्ट लरेन्स’ (भिडियाेसहित)

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने कलेज, ‘सेन्ट लरेन्स’ (भिडियाेसहित)


सेन्ट लरेन्स कलेज नेपालको शैक्षिक क्षेत्रमा कहलिएको कलेज हो। २५ वर्ष लामो शैक्षिक यात्रामा यस कलेजले धेरै जनशक्ति उत्पादन गरेको छ। सन् १९९७ मा स्थापना भएको यस कलेज काठमाडौं चावहिलको पिपलबोटमा अवस्थित छ। उच्च माध्यमिक तहदेखि स्नातकोत्तरसम्मको अध्ययन हुने सेन्ट लरेन्स त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ।

स्नातक तर्फ, B.Sc. CSIT, BA, BSW, BBS र BCA  तथा स्नातकोत्तर तर्फ MBS पढाई हुने यस कलेजले शिक्षालाई अन्तर्राष्ट्रिय बजार अनुसार रुपान्तरण गर्दै सिकाइ पद्धतिमा विशेष ध्यान दिँदै आएको छ। हरेक वर्ष उत्कृष्ट नतिजा निकाल्न सफल यस कलेजले शैक्षिक संस्थाको भिडमा बेग्लै पहिचान बनाएको छ। 

प्रविधिको क्षेत्रमा विश्वले छलाङ मारिरहेका बेला सेन्ट लरेन्स कलेजले आईटीको विविध कोर्षमा अध्यापन गराइरहेको छ। जसले भविष्यमा विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सहज बनाउनेछ।

यस कलेजले विद्यार्थीलाई केन्द्रविन्दुमा राखेर अत्यन्तै अनुशासित र मर्यादित वातावरणमा शैक्षिक कार्यक्रमहरु अगाडि बढाइरहेको छ। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापमासमेत यस कलेजले ध्यान दिने गरेको छ। 

सेन्ट लरेन्स कलेजले क्षमताअनुसार विद्यार्थीलाई रोजगारीको अवसरसमेत प्रदान गर्दै आएको छ । यसबाट के कुरा प्रष्ट हुन्छ भने एउटा दक्ष जनशक्ति उत्पादनका लागि कलेजको ध्यान हरेक विद्यार्थीमा सुरुवातबाटै गएको पाइन्छ।

सेन्ट लरेन्स कलेजले क्षमताअनुसार विद्यार्थीलाई रोजगारीको अवसरसमेत प्रदान गर्दै आएको छ । यसबाट के कुरा प्रष्ट हुन्छ भने एउटा दक्ष जनशक्ति उत्पादनका लागि कलेजको ध्यान हरेक विद्यार्थीमा सुरुवातबाटै गएको पाइन्छ । विदेश पढ्न जान हुँदैन भन्ने छैन तर सेन्ट लरेन्स कलेजले स्वदेशमै विदेशको जस्तै शिक्षा प्रदान गरिरहेको छ। 

कलेजको मुख्य उद्देश्य भनेको विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नु नै हो । त्यही भएर अन्तर्राष्ट्रिय शिक्षण प्रणालीलाई यसले अनुशरण गर्ने गरेको छ । सेन्ट लरेन्स कलेजलाई रजत जयन्तीको शुभकामना । 

कलेजका विशेषताहरु:
-अनुशासित वातावरणमा पढाई हुने । 
-अध्ययनसँगै अभ्यासमा पनि जोड दिने कलेज । 
-व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेको कलेज । 
-कलेजमा शैक्षिक ज्ञान बाहेक विद्यार्थीको वृद्धिविकासका लागि अतिरिक्त क्रियाकलाप, स्पोर्टस लगायत गतिविधि सञ्चालन गर्ने कलेज । 
-विषयगत शिक्षा अनुसार इन्टर्नसिप, फिल्डभिजिट, सेमिनार, वर्कसपलाई पनि प्राथमिकतामा राखेको कलेज । 
-अनुभवी शिक्षकद्वारा सरल ढंगमा जीवनउपयोगी शिक्षा अनुसार अध्यापन गराउने कलेज । 
-उत्कृष्ट शैक्षिक वातावरण भएको कलेज ।  
-प्रविधिको उच्चतम प्रयोग गर्ने कलेज । 
-स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने कलेज । 

 

व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेको कलेज, 'सेन्ट लरेन्स' || St. Lawrence College

व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेको कलेज, 'सेन्ट लरेन्स' || St. Lawrence College

सेन्ट लरेन्स कलेजले क्षमताअनुसार विद्यार्थीलाई रोजगारीको अवसर समेत प्रदान गर्दै आएको छ । यसबाट के कुरा प्रष्ट हुन्छ भने एउटा दक्ष्य जनशक्ति उत्पादनका लागि कलेजको ध्यान हरेक विद्यार्थीमा सुरुवात बाटै गएको पाइन्छ ।
Contact
Phone no : 01-4475891
Email : info@stlawrence.edu.np
Location: Gaurighat marg, Chabahil
#stlawerancecollege #bestITCollege #ITcollegeinktm #bestITCollege
#bestBachelorcollege #kendrabindu

Posted by Kendrabindu – केन्द्रबिन्दु on Wednesday, January 12, 2022

Logo