लिंकन विश्वविद्यालयबाट सम्बन्धन पाउने नेपालको पहिलो कलेज ‘फिनिक्स’ (भिडियो)

लिंकन विश्वविद्यालयबाट सम्बन्धन पाउने नेपालको पहिलो कलेज ‘फिनिक्स’ (भिडियो)


सन् २०११ मा स्थापना भएको फिनिक्स कलेज मलेसियास्थित लिंकन विश्वविद्यालयबाट सम्बन्धन पाउने नेपालको पहिलो कलेज हो । काठमाडौंको मैतिदेवीमा रहेको यस कलेज आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार भएको कलेज पनि हो । 

व्यवस्थापन र आईटी संकायमा बिशेष दख्खल राख्ने यो कलेज अनुभवी प्राध्यापकहरुको संलग्नताका कारण पनि शैक्षिक क्षेत्रमा चर्चित छ । प्रोफेसर डाक्टरहरु  फत्तबहादुर केसी, उपेन्द्र कोइराला र शिवदत्त ज्ञवालीको समेत उपस्थितीले कलेजको शिक्षण विधिमा नयाँ आयाम थपेको छ ।  उप आधुनिक प्रविधियुक्त शिक्षण विधिबाट फिनिक्स कलेजमा पढाई हुने गरेको छ। 

फिनिक्स कलेजमा व्यवस्थापन संकायतर्फ बिबिए र एमबिएको अध्यापन हुँदै आएको छ । सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षालाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको फिनिक्स कलेजबाट पासआउट भएका विद्यार्थीले जबका लागि धेरै समय नै कुर्नु पर्दैन । फिनिक्स नेटवर्क अन्तर्गत रहेका प्रोग्रामहरुमा अध्ययन गरिरहेका विद्यार्थीले नेपालका विभिन्न कर्पोरेट इन्डष्ट्रीज र स्वदेश तथा विदेशमा रहेका मल्टिनेशनल कम्पनीमा उत्कृष्ट काम गरिरहेका छन् ।

सैद्धान्तिकसँगै प्रयोगात्मक कक्षालाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको फिनिक्स कलेजबाट पासआउट भएका विद्यार्थीले जबका लागि धेरै समय नै कुर्नु पर्दैन ।

फिनिक्स कलेजले व्यवस्थापन संकायमा मात्र नभएर आईटीमा समेत उत्कृष्ट अध्यापन गराउँदै आएको छ । बिआइटि र एमसिएसमा प्राध्यापकहरुको अथक मिहेनतले यस कलेजलाई आईटीमा छलाङ मार्दै गरेको विश्वबजारमा विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन ठूलो सहयोग पुर्याउने गरेको छ । प्रयोगात्मक अभ्यासका लागि  आईटी ल्याब भएको यस कलेजले विद्यार्थीको चाहाना अनुसार स्थलगत प्रयोगका लागि समेत प्रोत्साहन गर्ने गरेको छ । यो कोर्षले  विशेषगरि साईन्टिफिक तथा टेक्निकल क्षेत्रका  सफ्टवेयर, नेटवर्क, वेब, डाटाबेस र इन्टरनेट सेवा सँगसँगै म्यानेजमेन्ट कम्युनिकेशन र ह्युमन behaviour समेटेको छ । 

कलेजमा पढाईका साथसाथै विद्यार्थीको सर्वाङ्गिण विकासका लागि अतिरिक्त क्रियाकलापलाई समेत जोड दिँदै आएको छ । कलेजमा अध्ययनरत एमबीए का विद्यार्थी पारश खड्कालाई कलेजले ब्राण्ड एम्बेसडरसमेत बनाएको छ । साथै, अन्य चिरपरिचित व्यक्तित्वको उपस्थितीले कलेजको गरिमा बढाएको छ।

लिंकन युनिभर्सिटीसँग आवद्ध भएकाले पनि यो कलेज विश्वका धेरै युनिभर्सिटीसँग शैक्षिक सम्बन्धमा छ । विश्व परिवेश सुहाउँदो आफ्नो योजना बनाउन अब्बल मानिने फिनिक्स कलेजले स्थापना भएपछिको यो एक दशकमा अनेकन अनुभव संगालेको छ। त्यसैले त यो कलेज तीनै अनुभवबाट निखारिएर शिक्षाको क्षेत्रमा आफूलाई अकबरी सुन बनाउन सफल बनेको छ। 

कलेजका विशेषताहरुः
-अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त मलेसियाको लिंकन विश्वविद्यालयबाट सम्बन्धन  प्राप्त कलेज । 
-सामाजिक क्रियाकलाप, सेमिनार, वर्कसप लगायत क्रियाकलापमा सहभागी हुन विद्यार्थीलाई सधैं उत्प्रेरणा दिने कलेज । 
-विश्व बजारलाई सुहाउँदो कोर्ष डिजाइन गरी सोही अनुसारको जनशक्ति उत्पादन गर्न सक्ने कलेज । 
-आवश्यक भौतिक पूर्वाधार, सुविधायुक्त लाईब्रेरी, क्यान्टीन, खेल मैदान, प्रयोगात्मक कक्षाहरु भएको कलेज । 
-खेलकुद, हाजिरिजवाफ लगायत अतिरिक्त क्रियाकलापमा सधैं अब्बल ठहरिने कलेज । 
-विद्यार्थीलाई अनुशासित बनाउन निरन्तर परामर्श दिइरहने कलेज ।  

 

लिंकन विश्वविद्यालयबाट सम्बन्धन पाउने नेपालको पहिलो कलेज, फिनिक्स || Phoenix College of Management

लिंकन विश्वविद्यालयबाट सम्बन्धन पाउने नेपालको पहिलो कलेज, फिनिक्स || Phoenix College of Management
सन् २०११ मा स्थापन भएको फिनिक्स कलेज मलेसिया स्थित लिंकन विश्वविद्यालयबाट सम्बन्धन पाउने नेपालको पहिलो कलेज हो । काठमाडौंको मैतिदेवीमा रहेको यस कलेज आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार भएको कलेज पनि हो । व्यवस्थापन र आईटी संकायमा बिशेष दख्खल राख्ने यो कलेज अनुभवी प्राध्यापकहरुको संलग्नताका कारण पनि शैक्षिक क्षेत्रमा चर्चित छ । प्रोफेसर डक्टरहरु फत्त बहादुर केसी, उपेन्द्र कोइराला र शिवदत्त ज्ञवालीको समेत उपस्थितीले कलेजको शिक्षण विधिमा नयाँ आयाम थपेको छ ।
Contact
Phone no : 9801878100 / 9801878101, 01-4439810
Email : info@phoenixcollege.edu.np
Location: Maitidevi, Kathmandu
#phoenix #BBA #BIT #MBA #MCSIT #BestManagementCollege #BestBachelorCollege #BestITCollege

Posted by Kendrabindu – केन्द्रबिन्दु on Friday, January 14, 2022

Logo